निर्वाचन आयोगले सोध्यो विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण « Khabarhub

निर्वाचन आयोगले सोध्यो विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले संखुवासभा धर्मदेवी–३, ओख्रेका पञ्चकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ।

प्राध्यापकले फेसबुक पेजमार्फत मत मागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो। ‘उपर्युक्त सम्बन्धमा तपाईँले आफ्नो फेसबुक पेजमार्फत नियमित रुपमा एउटा पार्टीको मत मागेको भनी उजुरी परेको हुँदा यो पत्र लेख्ने कार्य भएको छ,’ आयोगले लेखेको पत्रमा उल्लेख छ।

निर्वाचन आचारसंहिता, २०७९  को दफा १० खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था गरिएको छ।

सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने उल्लेख छ।

‘उल्लेखित सन्दर्भमा तपाईँले आफ्नो फेसबुक पेजमार्फत निर्वाचन प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?,’ आयोगले सोधेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ८ : ४९ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ