आन्तरिक पर्यटकको रोजाइमा डोल्पा « Khabarhub

आन्तरिक पर्यटकको रोजाइमा डोल्पा


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पाँच वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या पनि बढ्दै गएको हो ।

डोल्पामा मात्रै दर्जनौँ पर्यटकीय आकर्षण रहेका छन् । निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से-फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से-गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल प्रमुख पर्यटकीय गन्तव्य हुन् ।

साउनयता मात्रै दुई हजार चार सय ९२ जना पर्यटकले से-फोक्सुन्डो तालको अवलोकन गरेको से-फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । गत असोजमा परेको वर्षा कारण दर्जनभन्दा धेरै ठाउँमा पहिरो खसेर भेरी करिडोर करिब दुई साता अवरुद्ध हुँदा अघिल्लो वर्षभन्दा करिब पाँच सय पर्यटक घटेको उनले बताए ।

‘अघिल्लो वर्ष तीन हजार पर्यटकले फोक्सुन्डो घुमे, यो वर्ष पाँच सय घटे, सजिलो र स्तरीय सडक सुविधा, सञ्चार र होटेलहरूको राम्रो सुविधा हुने हो भने पर्यटकको ओइरो लाग्छ,’ उनले भने । डोल्पा धार्मिक सांस्कृतिक र पर्यटकीय सौन्दर्यताका हिसाबले धेरै अगाडि रहेकाले धेरै मान्छेहरूले डोल्पा घुम्ने चाहना राख्ने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  २ : २६ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको