‘समृद्धिको जनआकाङ्क्षा गठबन्धनले पूरा गर्छ’ « Khabarhub

‘समृद्धिको जनआकाङ्क्षा गठबन्धनले पूरा गर्छ’


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई वाम-लोकतान्त्रिक गठबन्धनले पूरा गर्ने दाबी गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनले आज काठमाडौँको कलङ्कीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सत्तास्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताका कारण वाम-लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समृद्धिको जनआकाङ्क्षा आफूहरूले पूरा गर्ने बताए ।

प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिँदै उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरे ।

सत्ता-गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमत ल्याउने दाबी गर्दै उनले राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए। उनले देशलाई प्रतिगमनबाट मुलुकलाई बचाउन निर्वाचनमा गठबन्धन एकढिक्का भएको बताए । काठमाडौँ क्षेत्र नं ८ मा आफूले सुरु गरेका कैयौँ परियोजना निरन्तरताका लागि उम्मेदवार बनेको उनले जानकारी दिए। मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने आफ्नो योजना रहेको उल्लेख गरे।

सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउन स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  २ : ४१ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी