इस्तानबुल आक्रमणमा आतङ्ककारीहरुको हात छ : टर्किस राष्ट्रपति एर्दोगान « Khabarhub

इस्तानबुल आक्रमणमा आतङ्ककारीहरुको हात छ : टर्किस राष्ट्रपति एर्दोगान


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्कीको इस्तानबुलमा भएको आक्रमणमा आतङ्ककारीहरुको हात रहेको राष्ट्रपति रिसेप तैयप एर्दोगानले बताएका छन् ।

आइतबार इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा उनले यो कार्य आतङ्ककारीहरुबाट भएको बताएका हुन् । उनले भने, ‘अहिले नै यसो भन्न त हतार हुनसक्छ, त्यसैले मैले सय प्रतिशत नै आतङ्ककारी हमला त भन्न सक्दिन, तर पनि यो काम आतङ्ककारीकै हो भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

उनले जी २० को सम्मेलनमा सहभागी हुन इन्डोनेसिया जानुअघि इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् ।

उनले यो आक्रमणको अनुसन्धान जारी नै रहेको तर अहिलेसम्मको अवस्था हेर्दा कुनै एकजना महिलाले आत्मघाती हमला गराएको जस्तो देखिएको पनि बताए ।

टर्कीको इस्तानबुल सहरमा आइतबार अपराह्न बम आक्रमण भएको थियो । अज्ञात व्यक्तिबाट भएको सो हमलामा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको छ भने अरु ५३ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ३ : २५ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री