इस्तानबुल आक्रमणमा आतङ्ककारीहरुको हात छ : टर्किस राष्ट्रपति एर्दोगान « Khabarhub

इस्तानबुल आक्रमणमा आतङ्ककारीहरुको हात छ : टर्किस राष्ट्रपति एर्दोगान


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्कीको इस्तानबुलमा भएको आक्रमणमा आतङ्ककारीहरुको हात रहेको राष्ट्रपति रिसेप तैयप एर्दोगानले बताएका छन् ।

आइतबार इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा उनले यो कार्य आतङ्ककारीहरुबाट भएको बताएका हुन् । उनले भने, ‘अहिले नै यसो भन्न त हतार हुनसक्छ, त्यसैले मैले सय प्रतिशत नै आतङ्ककारी हमला त भन्न सक्दिन, तर पनि यो काम आतङ्ककारीकै हो भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

उनले जी २० को सम्मेलनमा सहभागी हुन इन्डोनेसिया जानुअघि इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् ।

उनले यो आक्रमणको अनुसन्धान जारी नै रहेको तर अहिलेसम्मको अवस्था हेर्दा कुनै एकजना महिलाले आत्मघाती हमला गराएको जस्तो देखिएको पनि बताए ।

टर्कीको इस्तानबुल सहरमा आइतबार अपराह्न बम आक्रमण भएको थियो । अज्ञात व्यक्तिबाट भएको सो हमलामा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको छ भने अरु ५३ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ३ : २५ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा