चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र राष्ट्रसङ्घका महासचिव गुटरेसबीच भेटवार्ता « Khabarhub

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र राष्ट्रसङ्घका महासचिव गुटरेसबीच भेटवार्ता


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निवर्तमान चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच कम्बोडियाको राजधानी न्होमपेनमा भएको भेटवार्ताका क्रममा बहुपक्षीय विषयका साथै जलवायु परिवर्तनबारे पनि कुराकानी भएको बताइएको छ ।

त्यस अवसरमा उनीहरुबीच विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ । चीन संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यका साथै विश्वको एक आर्थिक शक्ति राष्ट्रका रुपमा संयुक्त राष्ट्रसङ्घसँग निरन्तर सम्पर्कमा रहिरहने पनि प्रधानमन्त्री खछ्याङले जानकारी दिए ।

तेस्रो विश्वका देशहरुलाई ऋण तथा अन्या आर्थिक सहायताका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले सहजीकरण गरिरहेको र यसमा अझै सहयोग पुर्‍याउनु पर्ने पनि सो अवसरमा चिनियाँ प्रधानमन्त्रीले जोड दिएका थिए ।

त्यस भेटका अवसरमा महासचिव गुटरेसले विश्वमा जलवायु परिवर्तनका क्षेत्रमा पर्दै गएको असरका बारेमा चीनसँग आफ्ना धारणा राखेका थिए । यसतर्फ विश्वलाई नै सचेत गराउनुपर्ने आवश्यकता रहेकोमा महासचिव गुटरेसले चिनियाँ प्रधानमन्त्री खछ्याङको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ४ : ०४ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय