‘देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र छ’ « Khabarhub

‘देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र छ’


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र भएको बताएका छन् । सिन्धुलीको दुधौलीमा आज एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना सकार पार्न सूर्य चिह्नमा मतदान गर्न अपिल गरे ।

उनले देशलाई विकासको अभियानमा लैजान र सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि एमालेको सरकार आवश्यक रहेकोमा जोड दिए ।

“एमालेले जारी गरेको घोषणापत्र ग्यारेन्टीका साथ हामी पूरा गर्न तयार छौँ, तपाईँको एकमतले देशको विकासमा टेवा पुग्ने भएकाले सिन्धुलीबाट एमालेका उम्मेदवारलाई विजयी गरेर पठाए जिल्ला र देशको विकास हुनेछ”, अध्यक्ष ओलीले भने । उनले सुनकोशी मरिण डाइभर्सन, मदन भण्डारी राजमार्ग आर्थिक समृद्धिका आधार निर्माण गरेको बताए ।

एमालेले जिल्लामा उठाइएका प्रतिनिधिसभाका दुई प्रदीप कटुवाल, मनोजजङ्ग थापा र प्रदेशसभाका सुवास देवकोटा, रामकुमार कार्की, विनोद खड्का र रामकुमार पौडेल चारै उम्मेदवारलाई मत दिएर विजयी गराउन उनले आग्रह गरे।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ६ : ३३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु