प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अभियोगमा मुद्दा दायर « Khabarhub

प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अभियोगमा मुद्दा दायर


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकमा शास्त्र संकायका डीन र सहप्राध्यापक विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सो विश्वविद्यालय सुर्खेतका सहायक डीन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अङ्ग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा विनयकुमार दास विरुद्ध परीक्षाको सामान्य मूल्य-मान्यता विपरीतको गतिविधि गरेको तथा प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।

अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने उम्मेदवारको उत्तरपुस्तिकामा पटकपटक केरमेट गरी घटाएर अनुत्तीर्ण गरे गराएको देखिएको, अन्तरवार्ताका क्रममा अन्तरवार्ता अगावै सहभागी उम्मेदवारको उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखेर संकेत गरेको पाइएको आयोगको ठहर छ । अङ्ग्रेजी विषयमा विज्ञसमेत रहेका दासले परीक्षाको सामान्य मूल्य र मान्यता नराखेको पाइएको छ ।

परीक्षा समितिका संयोजक सहायक डीन डिसीले पनि त्यस्तै खालको बदमासी गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा कारबाहीको माग गरिएको छ । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ४१ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली