प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अभियोगमा मुद्दा दायर « Khabarhub

प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अभियोगमा मुद्दा दायर


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकमा शास्त्र संकायका डीन र सहप्राध्यापक विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सो विश्वविद्यालय सुर्खेतका सहायक डीन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अङ्ग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा विनयकुमार दास विरुद्ध परीक्षाको सामान्य मूल्य-मान्यता विपरीतको गतिविधि गरेको तथा प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।

अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने उम्मेदवारको उत्तरपुस्तिकामा पटकपटक केरमेट गरी घटाएर अनुत्तीर्ण गरे गराएको देखिएको, अन्तरवार्ताका क्रममा अन्तरवार्ता अगावै सहभागी उम्मेदवारको उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखेर संकेत गरेको पाइएको आयोगको ठहर छ । अङ्ग्रेजी विषयमा विज्ञसमेत रहेका दासले परीक्षाको सामान्य मूल्य र मान्यता नराखेको पाइएको छ ।

परीक्षा समितिका संयोजक सहायक डीन डिसीले पनि त्यस्तै खालको बदमासी गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा कारबाहीको माग गरिएको छ । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ४१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको