‘मधुमेहका बिरामी आँखाप्रति सचेत भई पूर्ण अन्धो हुनबाट जोगिनुपर्छ’ « Khabarhub

‘मधुमेहका बिरामी आँखाप्रति सचेत भई पूर्ण अन्धो हुनबाट जोगिनुपर्छ’


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मधुमेह लागेका व्यक्तिले प्रत्येक वर्ष आँखाको जाँच नगरे आँखाको ज्योति सधैँका लागि गुम्ने भएकाले यसप्रति सचेत र सजग हुनु जरुरी रहेको बताइएको छ ।

‘मधुमेह सेवा पहुँच बढाऔँ, सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौँ’ नाराका साथ गोल्छा आँखा अस्पताल फाउण्डेशन विराटनगर र तिलगङ्गा आँखा अस्पताल काठमाडौँद्वारा विश्व मधुमेह दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित यस रोगले आँखामा पार्ने अवसरबारे सञ्चरकर्मीसँग आयोजित अन्तरक्रियामा सो सचेतना दिइएको हो ।

रगतमा चिनीको मात्रा बढेर शरीरका विभिन्न अङ्ग मिर्गौला, आँखामा असर गरी पूर्ण अन्धो बनाउने तथा मुटुलाई असर गर्ने हुनाले समयमा यसको जाँच तथा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्दछ । यस रोगको मुख्य लक्षण बढी प्यास लाग्नु, दुब्लाउँदै जानु, घाउ सङ्क्रमण आदि छिटो निको नहुनु, थकान महसुस हुनु, पिसाब बढी लाग्नु, भोग लाग्नु, मुख सुक्खा हुनु आदि रहेका छन् । यस्ता लक्षण नदेखिइकन पनि मधुमेह लागेको हुन सक्छ ।

गोल्छा अस्पतालका प्रमुख चिकित्सक डा सुभाष पोखरेलले मधमेहका बिरामीलाई मुख्यरूपमा आँखामा असर गर्ने हुनाले वर्षको एकपटक नेत्र चिकित्सकसँग जाँच गरी आँखाको सुरक्षा गर्नुपर्नेमा जोड दिए । गोल्छा आँखा अस्पतालले गत आव २०७८/०७९ मा ४८ हजार छ सय नौ बिरामीको उपचार गरेको थियो । सोही वर्ष छ हजार नौ सय १२ बिरामीको आँखासम्बन्धी शल्यक्रिया गरेको अस्पतालका प्रशासन प्रमुख विन्देशवर महतोले जानकारी दिए।

अस्पतालमा दैनिक तीन सय ५० बिरामी उपचारका लागि आउने गरेकामध्ये २८ प्रतिशत मधुमेहका बिरामी हुने गरेका छन् । नेपालमा ४० वर्षदेखि माथिका १८ प्रतिशतलाई मधुमेह हुने गरेको छ । त्यसमा नौ प्रतिशतमा आँखामा समस्या रहेको सोही अवसरमा जानकारी दिइयो । विसं २०३९ मा स्थापना भएको अस्पतालमा आँखाका सबै किसिमका उपचार सेवा प्रदान गर्ने गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ८ : ४४ बजे

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि