गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पेशागत सङ्गठनको अपिल | Khabarhub Khabarhub

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पेशागत सङ्गठनको अपिल


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेशागत तथा बुद्धिजीवी सङ्गठनले लोकतन्त्रको संवद्र्धन एवं विकास र समृद्धिको यात्रालाई सबल बनाउन आगामी मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।

पेशागत विभिन्न पाँच सङ्गठनले आज संयुक्त अपिल गर्दै संविधानको रक्षा, लोकतन्त्रको संस्थागत गर्न र शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न गठबन्धनलाई जिताउन अपिल गरेका हुन् । ‘लोकतन्त्रको संवद्र्धन एवं विकास र समृद्धिको यात्रा सबल बनाउन नेपाली जनताले पुनःएकता प्रदर्शन गर्नुपर्नेछ । नेपाली जनताको त्यो एकताको प्रदर्शन जसरी विस्तृत शान्ति सम्झौता र संविधान जारी गर्दा भएको थियो । त्यसैगरी आउने निर्वाचनमा पनि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुपर्नेछ’ अपिलमा भनिएको छ ।

गठबन्धनको विजयले प्रतिगमन परास्त गर्दै राजनीतिक स्थायित्व स्थापित भई विकास र समृद्धिको नयाँ मार्ग खुल्ने भएकाले सम्पूर्ण वौद्धिक समुदाय र पेशाकर्मीहरु एकताबद्ध भई परिवर्तन, लोकतन्त्र, समानता र समावेशिताको पक्षामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरिएको प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले बताए । लोकतन्त्रका पक्षमा एकजुट भई संविधान र लोकतन्त्र दीगो हुने अवस्था नहुँदासम्म लोकतान्त्रिक–वाम गठबन्धन जारी रहनु आवश्यक रहेको अपिलमा भनिएको छ ।

यसरी अपिल गर्ने सङ्गठनमा प्रजातान्त्रिक विचार समाज, नेपाल बुद्धिजीवी सङ्गठन, नेपाल बुद्धिजीवी परिषद् (समाजवादी), अखिल नेपाल बुद्धिजीवी सङ्घ रहेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ३९ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी