काठमाडौँ- अफगानिस्तानका झण्डै आधा बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ । सेभ द चिल्ड्रेनले जारी गरेको प्रतिवेदनका अनुसार अफगानिस्तानका ४७ प्रतिशत बालबालिकामा कुपोषणको समस्या रहेको छ ।
सेभ द चिल्ड्रेनका अनुसार यसअघि जनवरी महिनामा कुपोषणबाट पीडित २५ सय बालबालिकालाई उपचार गरिएकोमा यो बढेर ४२७० पुगेको छ । अफगानिस्तानको खामा प्रेसका अनुसार उनीहरुमध्ये धेरै जनाको मृत्यु समेत हुने गरेको छ ।
सेभ द चिल्ड्रेनजस्ता मानवीय संस्थाहरुले कुपोषणबाट पीडित बालबालिकाहरुको उपचार गर्दै आएको भए तापनि यस्ता संस्थाहरुको आर्थिक एवम् अन्य अत्यावश्यक स्रोत भने कम हुँदै गएको बताइएको छ ।
अफगानिस्तानका लागि संस्थाका निर्देशक क्रिस न्यामण्डीले पीडित सबै बालबालिकालाई सहयोग गर्नका लागि आफूहरुसँग पर्याप्त स्रोत नभएको बताए । अफगानिस्तान हाल आर्थिकसँगै गम्भीर मानवीय संकटमा फसेको छ ।
प्रतिक्रिया