‘महापुरूष’ को नयाँ पोस्टर सार्वजनिक « Khabarhub

‘महापुरूष’ को नयाँ पोस्टर सार्वजनिक


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेस्रो सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ टिमले नयाँ पोस्टर सार्वजनिक गरेको छ । नयाँ पोस्टरमा दुई पुस्ताको प्रेम र जीवनसाथी प्राप्तिलाई देख्न सकिन्छ । पोस्टरमा हरिवंश आचार्य र गौरी मल्लको जोडीसँगै नयाँपुस्ता अरुण क्षेत्री र अन्जना बराईलीको जोडी देखिएको छ । उनीहरूको मुहारमा जीवनसाथीसँग हुँदाको खुसी देख्न सकिन्छ । पोस्टरले फिल्मको भाव व्यक्त गरेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए ।

‘पोस्टरमा दुई पुस्ताको प्रेम र सामिप्यतालाई देखाएका छौँ । यसले फिल्मको कथासार व्यक्त गरेको छ । जीवन सुखीसँगै खुसी भएर बिताउने भाव यसले व्यक्त गर्छ’, निर्देशक भट्टराईले भने ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट लगायतले अभिनय रहेको छ ।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्सको ब्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेका छन् ।

फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य र शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ५१ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ