महिलाले वर्षमा एकपटक अल्ट्रासाउण्ड गराउनैपर्छ « Khabarhub

महिलाले वर्षमा एकपटक अल्ट्रासाउण्ड गराउनैपर्छ

'पाठेघरको क्यान्सर वंशाणुगत हुन्छ'



पछिल्लो समय महिलाको पाठेघरमा विभिन्न प्रकारका समस्याहरू देखा परेका छन् । त्यसैमध्ये एक हो, ओभरीयन सिस्ट । यो नयाँ समस्या होइन । तर पछिल्लो समय धेरै महिलामा यो समस्या देखिरहेको छ । यसै विषयमा आधारित भएर डा. जागेश्वर गौतमसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

महिलाको पाठेघरमा ओभरीयन सिस्ट बढ्ने भनेको कस्तो समस्या हो ?
ओभरीयन सिस्ट भनेको पाठेघरको छेउमा दुई वटा गोला हुन्छ । जस्तो महिनावारी भएको १२ दिनमा डिम्ब बन्छ । त्यो डिम्ब बन्ने बेलामा एउटा सानो सिस्ट बन्छ । त्यसको २ सेन्टिमिटरको साइज हुन्छ । तर कसैको त्यो सिस्ट बढ्दै जान्छ । कुनै कुनै महिनावारी हुँदा खुइलिने जुन टिस्यु हुन्छ, त्यो पाठेघर भित्र हुन्छ र महिनावारी हुने बेला बाहिर जान्छ तर कसै कसैको त्यो टिस्यु पाठेघर भित्र नै हुन्छ र महिनावारी हुने बेला त्यो पाठेघर भित्र नै बग्न र पछि सिस्ट बन्छ । अर्को मोलर प्रेग्नेन्सि हुन्छ । पेटमा बच्चा बस्छ जाँच गर्दा पनि बच्चा हुन्छ तर बच्चा हुँदैन । त्यसको ठाउँमा अङ्गुरको झुप्पा जस्तो हुन्छ । ढिलो विवाह गर्ने ढिलो बच्च जन्माउने मान्छेहरूमा महिनावारीमा गडबडी हुँदा ओभरियन सिष्ट आउँछ ।

आफैले मलाई यस्तो भयो भनेर कसरी थाहा पाउने ?
सानो भयो भने थाहा हुँदैन । तर दुलो भयो भने कसैलाई तल्लो पेट दुख्छ । कहिलेकाँही वाकवाकी लाग्छ । धेरै ठूलो भयो भने पेट नै फुलेर आउँछ । यसको पता लगाउने उपाय भनेको अल्ट्रासाउन्ड नै हो । त्यसैले प्रत्येक महिलाले वर्षमा एक पटक अल्ट्रासाउन्ड गराउनैपर्छ ।

पेटमा यसरी रहेको सिस्ट फुट्यो भने के हुन्छ ?
फुट्यो भने एकदमै पेट दुख्छ । भित्र इन्फेक्सन हुन्छ । कहिले काँहि अप्रेसन गर्नु पर्ने हुनसक्छ । यो धेरै बटारिने हुन्छ। यसले दिसा पिसाब गर्न गाह्रो हुन्छ । आन्द्राहरु टाँसिने जोडिने हुन्छ । र, कहिलेकाँही बच्चा पनि हुँदैन ।

अप्रेसन गर्दा के–के कुरामा ध्यान दिनु पर्दछ ?
अप्रेसन गर्ने भनेको कसैको ओभरीयन सिस्ट बटारियो भने निकाल्नु पर्दछ । थोरै समयमा एक्कासि बढ्यो भने फाल्नु पर्दछ ।

सुरुमा नै थाहा भयो भने औषधि खाएर निको नहुने हो ?
५ सेन्टिमिटर भन्दा सानो सिस्ट छ भने अप्रेसन गर्नु पर्दैन । त्यसलाई औषधि खाएर नै फाल्न सकिन्छ । ओरल कन्ट्रासेप्टिभ पिल्स, प्रोजेस्टेरोन, डानाजोल लगायतका औषधि खान सहिन्छ । कतिपय ओभरियन सिस्टहरु डाइग्नोसिस् गर्दै जाँदा ठिक हुन्छ । जस्तो प्रेगनेन्सीको कारणले आएको छ भने डेलिभरी पछि अराएर जान्छ । ५ सेन्टिमिटर भन्दा सानो सिस्ट छ र महिनावारी सुकेको छैन भने फलोअप गर्दा हुन्छ । महिनावारी सुकेको मान्छेको ३ सेन्टिमिटर भन्दा ठूलो भयो भने क्यान्सर हुने सम्भावना धेरै हुन्छ र अप्रेसन गर्नु पर्दछ । अप्रेसन गर्न पेट चिर्नु पर्दछ ल्याब्रोस्कोपी विधिबाट हेरेर त्यसको टाइप पत्ता लगाएर गर्न सकिन्छ ।

के कारणले बटारिने हुन्छ ?
धेरै बटारिने भनेको डरमोइड भन्ने जातको हुन्छ । त्यसलाई टेराटोमा भन्छौ, हामी मेडिकल भाषामा त्यो एकदमै हलुङ्गो हुन्छ र बटारिन्छ । बटारिएपछि रगरतको सप्लाई कम हुन्छ नेक्रोसिस हुन्छ कुहिन्छ र दुख्छ ।

एक पटक अप्रेसन गरेपछि पनि त्यो सिस्ट आउन सक्छ ?
आउन सक्छ, कसैको डिम्बाशयमा ठूलो सिस्ट पलायो र डिम्बाशय नै फुल्यो भने आउँदैन । त्यसैले वर्षमा एक पटक अल्ट्रासाउन्ड गरेर हेर्दा ठूलो सिस्ट बन्न पाउँदैन ।

ओभरियन सिस्टको उपचारको अवस्था कस्तो छ ?
एउटा औषधिले गर्ने यो साधारण डाक्टरले पनि गर्न सक्छ । र, अर्को अप्रेसनले गर्ने उपचार हो । यो एक सेन्टिमिटर जति चिरेर हेरिन्छ । यो चितवनमा पनि छ । काठमाडौँमा रुटिङली गर्न सकिन्छ ।

कति खर्च लाग्छ यसको उपचारमा ?
दुर्बिनबाट गर्ने अप्रेसन अरू भन्दा बढी नै लाग्छ अहिले प्राइभेटमा पनि ४० हजार जतिमा हुन्छ । प्रसूति गृह थापाथलीमा पनि हुन्छ, जहाँ २० हजार रुपैयाँमा उपचार हुन्छ ।

अप्रेसन गरेको र औषधि खाइरहेकोले के-के कुरामा ध्यान दिने ?
पहिला त नियमित फलोअपमा जाने । यो ठूलो दुख्ने खालको अप्रेसन हैन । पछि बच्चा पनि हुन्छ । एक दुई दिन अस्पतालमा बसेर घर जाने र हप्ता १० दिनमा आफ्नो दैनिक कार्यहरू गर्न सकिन्छ । यसेको उपचार छ त्यसैले सिस्ट भयो भनेर नआत्तिने । यदि पेट नै चिरेर अप्रेसन गर्दा चाहिँ दुख्ने र पछि बच्चा पनि नबस्ने हुन सक्छ ।

यो समस्या नआओस् भनेर के–के कुरामा ध्यान दिने ?
हाइट अनुसारको तौल मिलाउने, घरमा बनाएका खाना खाने,जुन पनि औषधि नखाने, स्कीलिनिङ गर्ने, प्रत्येक महिलाले वर्षमा एक पटक अल्ट्रासाउन्ड गर्नु पर्दछ ।

यो वंशाणुगत हुन्छ ?
ओभरीयन सिस्ट वंशाणुगत हुँदैन । तर ओभरीयन क्यान्सर, पाठेघरको क्यान्सर चाहिँ वंशाणुगत हुन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ७ : २४ बजे

‘सहकारीको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

काठमाडौं– सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा

एक करोडमा अतिथि गृह निर्माण

पर्वत– समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको

सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र इएमआई सुविधा

काठमाडौं– सामसङ नेपालले ग्राहकका ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको

आईपीएलमा सर्वाधिक रन बनाएका १५ वर्षीय वैभवले के के रेकर्ड बनाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिएको १५ वर्षीय किशोरको

‘लालीबजार’का केही संवाद हटाउन आदेश

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘लालीबजार’मा समावेश केही संवाद हटाउन उच्च अदालत