फाइनलमा पुगेपछि मेस्सीले भने – ‘मलाई यो टिममा विश्वास थियो’ « Khabarhub

फाइनलमा पुगेपछि मेस्सीले भने – ‘मलाई यो टिममा विश्वास थियो’


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा जारी फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई हराउँदै फाइनलमा पुगेको छ । लुसेल रंगशालामा मंगलबार राती अर्जेन्टिनाले ३-० को सानदार जीत निकाल्दै फाइनलमा पुगेको हो ।

अर्जेन्टिनाको जीतमा जुलियन अल्भारेजले दुई तथा लिओनेल मेस्सीले एक गोल गरे । मेस्सीले खेलमा एक दर्शनीय असिस्ट पनि प्रदान गरेका थिए । मेस्सीले प्रतियोगितामा ५ गोलका साथ सर्वाधिक गोलकर्तामा किलीयन एमबाप्पेसँग बराबरी पनि गरे । उनी अर्जेन्टिनाका लागि ११ गोलका साथ विश्वकपको सर्वाधिक गोलकर्ता पनि भए ।

खेलपछि मेस्सीले आफूलाई टिममा विश्वास रहेको बताए । ‘मलाई थाहा छैन यो मेरो उत्कृष्ट विश्वकप हो या होइन । म लामो समयदेखि यो खेलमा रमिरहेको छु । मलाई यो टिममा विश्वास थियो कि हामी अन्त्यसम्म जान सक्छौं भनेर । हामीलाई आफ्नो क्षमता थाहा छ र मात्र विश्वास गरिदिन आग्रह गर्दछौं,’ मेस्सीले भने ।

‘हामी कठिन परिस्थितिको सामना पार गरेर यहाँ आइपुगेका छौं । आज हामी एकदम राम्रो अवस्थामा छौं । र यो खुसी अर्जेन्टिनी समर्थकसँग साट्न चाहन्छौं । अहिले अर्जेन्टिनामा कस्तो अवस्था होला सम्झेर खुसी छु,’ उनले थपे ।

‘हामी प्रतियोगिताको सुरुवातमा बलियो दावेदारको रुपमा थिएनौं । तर हामी कसैलाई सहज रुपमा छोड्ने पक्षमा पनि थिएनौं । हामीले हरेक खेलपिच्छे आफ्नो क्षमता देखाएका छौं ।’

अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । यस हारसँगै क्रोएसियाको विश्वकप यात्रा टुंगिएको छ । साविक विजेता फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल आज राति हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ७ : २३ बजे

सभापति बनेपछि पहिलो पटक सानेपा छिर्दै गगन, त्यसपछि सर्लाही ४ जाने

काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि

फिदिममा रास्वपाका लागि बालेनको घरदैलो (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चुनाव

कुलमानलाई धक्का, डकेन्द्रसहित तीन नेताले छाडे उज्यालो नेपाल

विराटनगर– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीलाई झट्का लागेको छ।

सुन्तलाले मूल्य पाएपछि किसान उत्साहित

चितवन– जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका