मेस्सीलाई विश्वकपको ‘गोल्डेन ट्रफी’ चुम्ने अवसर | Khabarhub Khabarhub

कतार विश्वकप

मेस्सीलाई विश्वकपको ‘गोल्डेन ट्रफी’ चुम्ने अवसर

मोड्रिकको क्रोएसियालाई हराउँदै फाइनलमा मेस्सीको अर्जेन्टिना


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जति नै बाधा र संकट किन नआओस्, जुनसूकै लक्ष्य र उद्धेश्यलाई निरन्तर पछ्याउने हो भने सफलता अवश्य हात लाग्छ । यो भनाई अहिले आधुनिक पुस्ताका महान फूटबलर लियोनल मेस्सीको जीवनमा लागू भइरहेको छ ।

जसले मंगलबार राती क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिनालाई कतार विश्वकप फुटबलको फाइनलमा प्रवेश गराएका छन् । रुसिया विश्वकप फूटबलको उपविजेता बलियो टिम क्रोएसियालाई हराउन मेस्सीले एक गोल गरे । जुन पेनाल्टीमा सम्भव भएको थियो ।

बाँकी दुई गोल भने जुुलियन अल्भारेजले दुई गोल गरे । अल्भारेज तिनै खेलाडी हुन्, ८ वर्षअघि मेस्सीको टिम फाइनल पुग्दा उनी केवल घरमा टिभीमा फूटबल हेरिरहेका थिए । तर ८ वर्षपछि उनै मेस्सीलाई विश्वकप उपाधि दिलाउने यात्रामा सबैभन्दा महत्वपूर्ण खेलाडी साबित भइरहेका छन् ।

मेस्सी फाइनल पुग्दा यस पुस्ताकै सर्वोत्कृष्ट क्रोएसियाका कप्तान लुका मोड्रिक भने सेमीफाइनलबाटै बिदा भएका छन् । उनको विश्वकप यात्रा फाइनल पुगेपछि उपाधि चुम्नबाट बञ्चित रह्यो ।

यो मेस्सीका लागि दोस्रो फाइनल हो । यसअघि सन् २०१४ को विश्वकपमा पनि मेस्सीको टिम अर्जेन्टिना फाइनल पुगेको थियो । तर त्यतिबेला जर्मनीले मेस्सीलाई स्तब्ध पारेको थियो ।

त्यसपछि मेस्सीको जीवनमा धेरै उतारचढाव आयो । उनले संन्न्यास घोषणा गरेका थिए । सन् २०१६ को कोपा अमेरिकामा तेस्रोपटक फाइनलमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास घोषणा गरेका थिए ।

उनको संन्न्यास घोषणाले विश्वलाई चकित पारेका थिए । अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि दिलाउन नसक्दा उनी जति निराश थिए, त्यसले उनलाई भित्रैदेखि टुटाएको थियो । तर अर्जेन्टिनाका प्रधानमन्त्रीदेखि विश्वभरका फूटबलप्रेमीले ठूलो आग्रह गरेपछि मेस्सीले संन्न्यास फिर्ता लिएर अर्जेन्टिनाको जर्सीमा मैदान फर्किएका थिए ।

जसकारण उनले जित्न नसकेको कोपा अमेरिका उपाधि गएको वर्ष जिते । त्यसमा पनि फाइनलमा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको थियो । कोपा अमेरिकापछि मेस्सीको ध्यान विश्वकपका लागि थियो ।

मंगलबार कतारको लुसेल रंगशालामा ब्राजिल र पोर्चुगललाई हराएको क्रोएसियालाई तीन गोल खुवाएर घर पठाउनु मेस्सीको सफलता मात्रै होइन, सुनको लेपन लगाइएको ‘गोल्डेन ट्रफी’ चुम्ने अन्तिम अवसर पनि छ ।

अब फाइनलमा मेस्सीको टिमले फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमीफाइनल बुधबार राती हुदैँछ । फ्रान्स रसिया विश्वकप फूटबलको विजेता हो भने मोरक्को पहिलोपटक सेमिफाइनल पुगेको टिम हो ।

खेल र खेलाडीका हिसाबले फ्रान्स बलियो टिम छ । जहाँ मेस्सीपछिको आधुनिक पुस्ताका सबैभन्दा उत्कृष्ट किलियन एमबाप्पे छन् । उनकै कारण फ्रान्सले रुसमा विश्वकप उपाधि उचालेको थियो । यसपटक पनि एमबाप्पे उत्कृष्ट फर्ममा छन् ।

मेस्सी र एमबाप्पे फ्रान्सेली क्लब पीएसजीमा आबद्ध छन् । मेस्सी गएको सिजन मात्रै बार्सिलोनाबाट पीएसजी पुगेका हुन् । यदि फ्रान्स फाइनल पुगेको खण्डमा कतार विश्वकप इतिहासकै रोचक र विशेष हुनेछ ।

जहाँ एक महान खेलाडी मेस्सीसँगै याँ महान बन्ने दौडमा रहेका एमबाप्पेबीच रोचक प्रतिष्पर्धा हुनेछ । तर कतार विश्वकपको फाइनल एमबाप्पेभन्दा मेस्सीका लागि धेरै महत्वपूर्ण छ । पोर्चुगलका रोनाल्डो र ब्राजिलका नेयमार आँशु झार्दै विश्वकपबाट बाहिरिएका बेला मेस्सीलाई गोल्डेन ट्रफी जित्ने अवसर छ ।

फाइनलमा पुगिसकेका मेस्सी र अर्जेन्टिनी खेलाडी यसपटक जसरी पनि जित्न चाहन्छन् । जसको छिनोफानो भने आइतबार राती लुसेल रंगशालामै हुनेछ । यसपटक मेस्सीले विश्वकप जित्न सके अर्जेन्टिनाका महान खेलाडी डियगो म्यारोडोनामा समर्पित गर्न सक्नेछन् । म्यारोडोनाको एक वर्ष अघि हृद्यघातका कारण अचानक मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ८ : ०७ बजे

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ

थाहा नगरपालिका क्षेत्रमा प्लाष्टिकका फूलमा प्रतिबन्ध

बागमती– स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

काठमाडौं– नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे