सेनाले स्तरोन्नति गरेको प्रसूतिगृह भवन वडालाई हस्तान्तरण « Khabarhub

सेनाले स्तरोन्नति गरेको प्रसूतिगृह भवन वडालाई हस्तान्तरण


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-७ काठुगणेशस्थित नेपाली सेनाले स्तरोन्नति गरेको प्रसूतिगृह भवन मंगलबार वडालाई हस्तान्तरण गरिएको छ । 

नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलको व्यवस्थापन तथा श्रमदानमा स्तरोन्नति गरिएको उक्त भवन उपत्यका पृतनापति उपरथी योगराज शर्माले उद्घाटन गर्दै वडालाई हस्तान्तरण गरेका हुन् । पृतनापति शर्माले स्थानीय सरकार र समुदायले  आवश्यकता महसुस गरेपछि सेनाले भवनको स्तरोन्नति गरेको बताए । स्तरोन्नतिपछि स्थानीय तथा छिमेकी खानीखोला र बेथानचोक गाउँपालिकाका बासिन्दाले समेत सहजताका साथ प्रसूति सेवा लिन सक्नेछन् । 

“सेनाले सामाजिक कार्य गरेर नागरिक र सैनिकबीच सम्बन्ध सुदृढ गर्दैआएको छ”, उनले भने। सो अवसरमा पृतनापति शर्माले सेनाले गरेका कार्यबारे जानकारी गराएका थिए । प्रसूतिगृहमा आवश्यक सामग्री सैनिक श्रीमती सङ्घले छिट्टै उपलब्ध गराउने  उनले बताए ।

कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सेनासँग समन्वय गरेर विभिन्न कार्य गरिने  बताए । कार्यक्रममा पनौती नगरपालिका-७ का वडाध्यक्ष सविन ताम्राकारले प्रसूतिगृहको स्तरवृद्धि गरी दश शय्याको अस्पताल निर्माण गर्ने योजना रहेको बताए । वडा नं ७ स्थित उक्त भवन दुई महिना लगाएर स्तरोन्नति गरिएको थियो । 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १२ : ४१ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका