अनुदान-सापटी सुविधासम्बन्धी कार्यविधि पारित | Khabarhub Khabarhub

अनुदान-सापटी सुविधासम्बन्धी कार्यविधि पारित


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारी प्रदान गर्न अनुदान- सापटी सुविधासम्बन्धी कार्यविधि २०७९ पारित गरेको छ । नगरवासीमा प्रारम्भिक उद्यमशीलता विकास गराउन सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यविधि पारित गरिएको विधान समितिको संयोजक एवं ११ नम्बर वडाध्यक्ष रोशन गिरीले जानकारी दिए । उनका अनुसार रोजगारी चाहने युवाले नगरपालिकाबाट पशुपक्षी, माछापालनसहितका कृषियन्त्र उपकरण आदिका लागि सापटी अनुदानबापत ५० हजारदेखि दुई लाखसम्म प्राप्त गर्नेछन् । 

नगरपालिकाले प्रारम्भिक उद्यमी बन्न सापटीको रुपमा दिनेछ भने उद्यमशील बनेपछि अनुदानको रुपमा रूपान्तरण गरिने नगरपालिकाले जनाएको छ । उनका अनुसार व्यवसायमा रुचि भएका अत्यन्त विपन्न नागरिकलाई उक्त अवसर दिएर प्रारम्भिक उद्यमशीलता विकास गर्न तथा व्यावसायिक ज्ञान दक्षता वुद्धि गर्ने हेतुले व्यवसाय सिर्जना सुरुवात, सुधार, विस्तार र विकासमा सहयोग पुर्‍याउन नगरले तालिमसमेत प्रदान गर्नेछ । कार्यविधिमा उल्लेख गरे अनुसार सापटी अनुदान पाउने व्यक्तिको परिवारको लगत विवरण वार्षिक रुपमा तयार गरी त्यसपछिका दुई वर्षसम्मको छनोट प्रक्रिया पनि पहिलो वर्षमा गर्न सकिनेछ । 

 त्यस्तै सापटी प्रदान गरिएका पशुपक्षीको बीमा गरे ५० प्रतिशत सम्मको साझेदारी गर्न सकिने उल्लेख छ । कार्यविधिमा उल्लेख गरिए अनुसार सापटी रकम ५० हजार भन्दा बढी भएमा निवेदनसाथ जग्गाधनी प्रमाण पुर्जा, व्यक्ति भए एकाघर परिवारका तीन जना व्यक्तिको मन्जुरी नामा वा दुई परिवारको ग्यारेन्टी, समूह भए समूहको ग्यारेन्टी आवश्यक पर्ने छ ।

प्रारम्भिक उद्यमशीलताको पहिलो चरणमा सरकारी जागिरे वा पेन्सन प्राप्त व्यक्तिलाई छनोट नगरिने नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनका अनुसार प्रत्येक तीन वर्षमा एक सापटी चरणको चक्र पूरा भई चौँथो वर्षबाट पुन चक्र सुरु हुने जनाइएको छ । उद्यमीले कृषि उत्पादन देखि पशुपालन तथा अन्य व्यवसाय गर्नका लागि उक्त रकम प्राप्त गर्नेछन् ।

 जस अनुसार लैनो भैँसी खरिदका लागि रु ५० हजारदेखि एक लाखसम्म प्राप्त गर्नेछन् । उद्यमीले बाख्रा, बङ्गुर, पक्षीपालन लोक्कल कुखुरा, हाँस बट्टाई, लेयर्स कुखुरा, कालीज, कटकनाथ, माछापालन, दुग्ध संकलन व्यवसाय डेरी उद्योग, कोल्डस्टोर तथा कृषि उपज बजारीकरण लगायतमा सहयोग प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : ११ बजे

सहमतिबाट मात्र निकास सम्भव छ : झलनाथ खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री

भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

कञ्चनपुर– भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय