सेयर बजारमा २.६२ अंकको गिरावट  « Khabarhub

सेयर बजारमा २.६२ अंकको गिरावट 


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सेयर बजार बुधबार पनि ओरालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक २।६२ अंकले ओरालो लागेर १८९७।०८ विन्दुमा आएर रोकिएको छ।  मंगलबार नेप्से परिसूचक २.५७ अंकले ओरालो लागि १८९९.७० विन्दुमा रोकिएको थियो।

बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३७०.१७ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ८१ कम्पनीमम वृद्धि भएको र १०८ कम्पनीमा ओरालो लागेसँगै १७ कम्पनी स्थिर छ ।

कुल २४६ कम्पनीको कारोबारमा २० लाख ८७ हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

कारोबारको आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। यसको ५ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा कृषि विकास बैंक र तेस्रोमा नविल बैंकको कारोबार भएको छ।

यता, सिवाइसियलको र इस्टर्न हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशत बढेको छ। बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्येउपसूचकबाहेक सबै उपसूचकमा ओरालो लागेको छ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ३ : ३८ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार