सुदूरपश्चिम प्रदेशसभा बैठक कक्षका संरचनामा सुधार गरिँदै | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभा बैठक कक्षका संरचनामा सुधार गरिँदै


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– दोस्रो कार्यकालका लागि गठन हुन लागेको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालनका लागि धनगढीस्थित प्रदेशसभा भवनका आवश्यक संरचनामा सुधार गर्ने काम भइरहेको छ । प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल, माइकको पुनः जडान कार्यका साथै र थप केही संरचनामा पहिलेको भन्दा सुधार गर्न लागिएको छ । यसबाहेक बैठक कक्षबाहिर सरसफाइ र आवश्यक संरचनामा रङरोगन गर्ने कामसमेत भइरहेको छ । 

प्रदेशसभाका सचिव देवबहादुर बोगटीले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजनाको रु २० लाखको सहयोगमा सबै काम भइरहेको बताए।  ‘प्रदेशसभाको बैठक सञ्चालनका लागि सचिवालयले गर्नुपर्ने आफ्नो तयारी गरिरहेका छौँ,’ सचिव बोगटीले भने , ‘प्रदेशसभाका नव निर्वाचित सदस्यका बारेमा निर्वाचन आयोगबाट जानकारी आइसकेपछि सचिवालयले गर्नु पर्ने कामका बारेमा सम्बन्धित पक्ष र निकायसँग समन्वय गर्ने तयारीमा छौँ ।’

प्रदेश तहमा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था प्रदेशसभा हो । शासन प्रणालीमा तोकिएको विधिका माध्यमले नीति निर्धारण र कानून निर्माण गर्ने महत्त्वपूर्ण काम प्रदेशसभाले गर्छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको कार्यान्वयनसँगै विसं २०७४ देखि प्रदेशस्तरमा प्रदेशसभाले काम थालेको हो ।

 हालै सम्पन्न निर्वाचनमार्फत प्रदेशसभाको दोस्रो कार्यकाल सुरु हुन लाग्दा सुदूरपश्चिम प्रदेशसभा भवन र बैठक कक्षलाई चिटिक्क पार्न लागिएको हो । सम्पन्न चुनावको अन्तिम नतिजासँगै सुदूरपश्चिम प्रदेशसभामा छ दलको प्रतिनिधित्व हुँदैछ । 

त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । उन्नाइस सदस्य विजयी हुँदै सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । आठ प्रत्यक्ष र तीन समानुपातिक गरी ११ सदस्य विजयी भएको नेकपा (माओवादी केन्द्र) दोस्रो र तीन प्रत्यक्ष र सात समानुपातिक गरी १० सदस्य विजयी भएको नेकपा (एमाले) तेस्रो दलको रूपमा देखिएको छ । 

 यसअघिको चुनावमार्फत एक/एक सदस्यको प्रतिनिधित्व गरेको जनता समाजवादी पार्टी र तराई लोकतान्त्रिक पार्टी यो चुनावपछि भने प्रदेशसभाबाट बाहिरिएका छन् । प्रत्यक्षमा कुनै पनि क्षेत्रमा चुनाव जित्न नसकेका यी दुई पार्टीले समानुपातिकमा पनि आवश्यक मत ल्याउन सकेनन् । 

नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेशसभाका लागि नयाँ दलको रूपमा देखिएका छन् । पहिलो पटक नागरिक उन्मुक्तिको प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिक दुई गरी सात जना, राप्रपाको समानुपातिक निर्वाचित एक सदस्यको प्रदेशसभामा प्रतिनिधित्व हुँदैछ ।

यसअघिको प्रदेशसभामा १४ सदस्यसहित सबैभन्दा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी) यो चुनावमा प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक एक गरी चार सदस्यमा सीमित हुन पुगेको छ । तत्कालीन समयमा नेकपा (एमाले) मा आएको विभाजनसँगै प्रदेशसभा सदस्यमा निर्वाचित २५ सदस्यमध्ये १४ सदस्य नेकपा (एकीकृत समाजवादी) मा लागेका थिए । प्रदेशसभामा एक जना स्वतन्त्र सदस्य (डडेलधुराबाट निर्वाचित डा तारा जोशी) को पनि प्रतिनिधित्व हुँदैछ ।

प्रदेश सरकार गठनका लागि २७ जनाको बहुमत आवश्यकता हुन्छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम प्रदेशप्रमुखलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने जनाइएको छ । सचिव बोगटीले भने, ‘प्रदेश प्रमुखसमक्ष निर्वाचनको नतिजा आइसकेपछि सरकार गठनको प्रक्रिया सुरु हुन्छ होला ।’

 प्रदेशसभामा पहिलो पटक भाग लिनुअघि कानूनबमोजिम सपथ लिनुपर्ने व्यवस्था छ । संविधानअनुसार सभामुख र उपसभामुखको निर्वाचन नभई दुवै पद रिक्त रहेको अवस्थामा प्रदेशसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ । 

 सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान चार सदस्य पुनः दोस्रो कार्यकालका लागि प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी दार्चुलाबाट र अक्कलबहादुर रावल अछामबाट दोस्रो पटक पनि निर्वाचित भएका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी कैलालीबाट र प्रकाशबहादुर रावल कञ्चनपुरबाट पुनः प्रदेशसभामा निर्वाचित भएका हुन् ।

यो पटक कांग्रेस नेता डिल्लीराज पन्त प्रदेशको राजधानीसमेत रहेको कैलाली-५ बाट र एमाले नेता तारालामा तामाङ कञ्चनपुर-१ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि उनीहरू दुवै जना प्रदेशसभा सदस्य थिए ।

प्रत्यक्ष निर्वाचनमा टिकट पाउनुभएका १२ जना प्रदेशसभाका पूर्वसदस्यले भने यो पटकको चुनावमा पराजय बेहोर्नुपरेको छ । प्रदेशसभा सदस्यमा निर्वाचित हुने ४९ जना नयाँ अनुहार छन् । 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : १० बजे

आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको