कैलाली चुरेका भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान « Khabarhub

कैलाली चुरेका भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५० हजार रुपैयाँ अनुदान दिएको छ । किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिभैँसी ५० हजारका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाका छवटै वडामा फर्म दर्तागरी  भैँसीपालन गर्दै आउनुभएका १० जना किसानलाई प्रतिभैँसी ५० हजार रुपैयाँका दरले अनुदान प्रदान गरिएको पशु शाखा प्रमुख धर्मराज भट्टले बताए ।

यसैगरी, गाउँपालिकाले व्यावसायिक रूपमा बाख्रा पाल्दैआएका किसानलाई अनुदान दिएको छ । चालु आर्थिक वर्षमा बाख्रापालक किसानलाई अनुदानका लागि चार लाख र भैँसीका लागि पाँच लाख बजेट विनियोजन गरेको थियो ।

भैँसी प्रवद्र्धनका लागि व्यावसायिक फर्मको हकमा दुईवटा माउ भैँसी समूहको हकमा कम्तीमा ३० वटा हुनुपर्ने, बाख्रा प्रवर्द्धन कार्यक्रमका लागि फर्मको हकमा कम्तीमा ३० वटा र समूहका हकमा कम्तीमा २०० वटा माउ हुनुपर्ने प्रावधान रहेको शाखा प्रमुख भट्टले बताए ।

यसैगरी, चुरे गाउँपालिका–६ ले वडाभित्रका १० जना एकल महिलालाई बाख्रा वितरण गरेको छ । विपन्न, असहाय महिलाको आयआर्जनमा सहजता होस् भन्ने उद्देश्यले एक लाखको बजेटमा १० जना एकल महिलालाई बाख्रा वितरण गरिएको वडाध्यक्ष प्रेमबहादुर साउदले  जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ११ : ११ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी