माझी समुदायलक्षित आँधीखोलामा छाडियो माछाका भुरा « Khabarhub

माझी समुदायलक्षित आँधीखोलामा छाडियो माछाका भुरा


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको गल्याङ नगरपालिका-३ स्थित आँधीखोलामा माछाका भुरा छाडिएको छ । कालीगण्डकी ए जलविद्युत् परियोजनाले गल्याङस्थित बुटवल पावर कम्पनीको बाँधस्थलमा दुई लाख ८० हजार माछाका भुरा छाडेको हो । परियोजनाले बर्सेनि कालीगण्डकीको जलाशय तथा आँधीखोलामा माछाका भुराहरू छाड्दै आएको कालीगण्डकी ए जलविद्युत् परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले बताए ।

‘वातावरणीय सन्तुलन कायम राख्न र माछा मारेरै जीविकोपार्जन गर्दै आएको माझी समुदायलाई लक्षित गरी बर्सेनि कालीगण्डकी तथा आँधीखोलामा माछाका भुराहरू छाड्दै आएका छौँ’, उनले भने, ‘विगतका वर्षमा विभिन्न प्रजातिका आठ लाख माछाका भुरा छाड्थ्यौँ, यसपटक दश लाख माछाका भुरा छाड्छौँ ।’

कालीगण्डकीको जलाशय मिर्मीमा चार लाख, आँधीखोलाको जलाशय गल्याङमा दुई लाख ८० हजार माछाका भुरा छाडिएको उनले बताए। केही दिनमा आँधीखोलाको माथिल्लो तटीय क्षेत्रहरू आँधीखोला गाउँपालिका र वालिङ नगरपालिकासँग समन्वय गरेर माछाका भुरा छाड्ने तयारी भएको छ ।

‘तीन वर्ष अघिसम्म राष्ट्रिय कृषि अनुसन्धान परिषद्बाट माछाका भुरा उत्पादन गरेर छाड्ने गथ्र्यौँ’, उनले भने, ‘विगत तीन वर्षदेखि परियोजना आफैँले स्थानीय जातका माछाका भुरा उत्पादन गरी बर्सेनि कालीगण्डकी र आँधीखोलामा छाड्दै आएको छ ।’

परियोजनाले आँधीखोलामा स्थानीय जातका गर्दी ८० हजार, हाडे एक लाख, ठेड एक लाख गरी कूल दुई लाख ८० हजार माछाका भुरा छाडेको हो । सोही परियोजनाले अन्य स्थानमा गर्दी, हाडे, ठेड, असला, शहर, कत्ले लगायतका १२ प्रजातिका माछाका भुरा उत्पादन गर्ने र जलाशयभन्दा माथिल्लो भागमा छाड्ने बताएको छ ।

नदीको तल्लो भागमा भएका माछा बाँध नाघेर माथिल्लो भागमा आउन नसक्ने भएकाले बाँध नाघेर तल गएका माछा उतै हराउने हुँदा माथिल्लो भागमा माछाहरू लोप हुन नदिन भुरा छाड्ने गरिएको उनले बताए। ‘कालीगण्डकीको बाँधस्थल र बुटवल पावर कम्पनीको बाँधस्थलभन्दा माथि बर्सेनि माछाका भुरा उत्पादन गरी छाड्छौँ’, उनले भने, ‘माझी जातिको जीविकोपार्जनमा सहयोग पुर्‍याउने र पेशा लोप हुन नदिने तथा नदीको वातावरणीय सन्तुलन कायम राख्नु यसको उद्देश्य हो ।’

कालीगण्डकी र आँधीखोलामा छाडेर भुराहरु बाँकी रहेमा मध्यमर्स्याङ्दीको जलाशयमा पनि छाडिने उनले बताए । आँधीखोलामा स्थानीय जातका माछाहरू लोप हुँदै गइरहेकाले माछाको संरक्षणमा यसले महत्वपूर्ण टेवा पुग्ने विश्वास गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईको छ । माछा मारेर जीविकोपार्जन गर्ने समुदायको पेशा नै हराउन लागिरहेको अवस्थामा आँधीखोलामा माछाका भुराहरू छाडेर वातावरणीय सन्तुलनसँगै आम्दानीको स्रोतका रूपमा विकास हुने बताए । 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ४६ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको