विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित « Khabarhub

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विपक्षी दलको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक दोस्रो पटक पनि स्थगित गरिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि पनि विपक्षीले छलफल अघि बढ्न नदिएको भन्दै सदनमा तनावको स्थिति बनेको हो ।

प्रधानमन्त्रीको उपस्थितिमा जवाफ दिनुपर्ने माग राख्दै विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक सञ्चालन गर्ने प्रयास गरेका थिए । तर लगातारको नाराबाजी र घेरेपछि बैठकलाई १५ मिनेटका लागि स्थगित गर्नुपरेको सभामुखले जानकारी दिएका छन् ।

यसअघि पनि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । तर करिब २ घण्टापछि मात्र पुनः सुरु भएको बैठक फेरि अवरोधका कारण सुचारु हुन नसकेको हो ।

सभामुखले दलहरूबीच सहमति कायम गरी बैठकलाई नियमित प्रक्रियामा फर्काउने प्रयास जारी रहेको जनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ३ : ३५ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले