फाइल तस्वीर

समाचार

समाजका सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्छ : मन्त्री रेग्मी

By खबरहब

December 14, 2022

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजका सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्ने बताएकी छिन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री रेग्मीले नश्लीय विभेद, लैङ्गिक बिभेदलगायत सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले पितृसत्तावाद, अन्धविश्वास, रुढीवादी सामन्तवाद अझै हावी रहेकाले सबै महिलाहरू पनि एकजुट भएर अधिकारका लागि लड्नुपर्ने भन्दै जातिवादमा गए आन्दोलन कमजोर हुने धारणा राखिन् । अहिले पनि अधिकारको कुरा गर्दा सबै भन्दा बढि आदिवासी महिलाहरूले अधिकार पाएकाले प्राप्त अधिकारलाई रक्षा गर्नुपर्ने उनले बताइन् ।

मन्त्री रेग्मीले मुलुकमा धार्मिक स्वतन्त्रता रहेकाले कुनै धर्मको विरुद्धमा लाग्न नहुनेमा जोड दिइन् ।