सवारी पार्किङले कुरूप बन्दै खेल मैदानमा  « Khabarhub

सवारी पार्किङले कुरूप बन्दै खेल मैदानमा 


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा– गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो ।

 खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीयवासी मणि पाण्डेले बताएका छन्। खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि समस्या भइरहेको उनले बताए । 

चिदिचौर खेल मैदानमा यसअघि रेसुङ्गा नगरपालिका-८ ले सवारीसाधन पार्किङ, सिक्न र सिकाउन निषेध गरेको छ । तर यसको कार्यान्वयन भएको छैन । आज दिनभर यहाँ १५ देखि २० सम्म जिप र १० देखि १५ सम्म मोटरसाइकल पार्किङ गरिएको थियो । सवारी साधन आएपछि चिदिचौरमा पार्किङ गर्दा खेल्ने समयमा नै असर गरेको छ ।

पार्किङ गर्ने अन्यत्र ठाउँ नभएकाले बढी सवारी हुँदा सवारीधनी आफैँले चिदिचौरमा पार्किङ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारी बताए। उनले आफूहरूले चाहेर पनि हटाउन नसकेको गुनासो गरे । सर्वपक्षीय छलफलबाट पार्किङको स्थान तोकिने उनको भनाइ छ । तम्घासमा रहेको जिप पार्कमा सवारी पार्किङ कममात्रामा गरिएको छ । बसपार्क निकै साँघुरो रहेको छ ।

खेल मैदानमा सवारी पार्किङ गर्न नहुने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली बिलेले बताए। उनले सम्बन्धित निकायबाट पार्किङ स्थल अन्यत्र तोक्न आग्रह गरे । रेसुङ्गा नगरपालिका-८ का वडाध्यक्ष निरञ्जन काउछाले वडाको तर्फबाट निषेध गरिएकाले सवारी सिक्न, सिकाउन र पार्किङ गर्न नहुने बताए। उनले यसको कार्यान्वयन हुने जानकारी दिए । 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ७ : ३३ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट