तनहुँको कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमन बन्द हुने « Khabarhub

तनहुँको कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमन बन्द हुने


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमन बन्द गरिएको छ । आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

उक्त गाउँपालिकाको खिलाबाट गाउँपालिका कार्यालयसम्मको सडकखण्डमा कालोपत्र कार्य भइरहेकाले यातायात बन्द गर्नुपरेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले जानकारी दिए ।

सो अवधिसम्म वैकल्पिक बाटो प्रयोग गरिदिनसमेत यातायात व्यवसायीलाई अनुरोध गरेको उनले बताए ।

“सडक कालोपत्रको समयमा सवारी आवतजावतमा समस्या हुने भएकाले बन्द गरेर काम गर्न लागेको हौँ”, उनले भने, “यसबाट पर्न गएको असुविधाप्रति गाउँपालिका कार्यालय क्षमाप्रार्थी छ ।”

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : १२ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्