तनहुँको कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमन बन्द हुने « Khabarhub

तनहुँको कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमन बन्द हुने


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमन बन्द गरिएको छ । आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

उक्त गाउँपालिकाको खिलाबाट गाउँपालिका कार्यालयसम्मको सडकखण्डमा कालोपत्र कार्य भइरहेकाले यातायात बन्द गर्नुपरेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले जानकारी दिए ।

सो अवधिसम्म वैकल्पिक बाटो प्रयोग गरिदिनसमेत यातायात व्यवसायीलाई अनुरोध गरेको उनले बताए ।

“सडक कालोपत्रको समयमा सवारी आवतजावतमा समस्या हुने भएकाले बन्द गरेर काम गर्न लागेको हौँ”, उनले भने, “यसबाट पर्न गएको असुविधाप्रति गाउँपालिका कार्यालय क्षमाप्रार्थी छ ।”

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : १२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन