माघे संक्रान्तिमा खाइने परिकारबाट हुने फाइदा के-के ? « Khabarhub

माघे संक्रान्तिमा खाइने परिकारबाट हुने फाइदा के-के ?



काठमाडौँ– आज माघे सङ्क्रान्ति सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले हरेक वर्ष माघ १ गतेलाई माघे सङ्क्रान्तिका रुपमा मनाइन्छ । यस दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदि खाने चलन छ ।

यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी परिकारमध्ये तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ । नेपाली उखानै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने पनि भनिन्छ ।

तरुल खाने तरिका मानिसअनुसार फरक–फरक हुन्छ । कोही स्वादको लागि खान्छन् त कोही पेट भर्न । कोही समय–समयमा खाइरहन्छन् भने कतिपय पर्व विशेष मानेर मात्रै खान्छन्। जसरी खाए पनि तरुल स्वास्थ्यका लागि फाइदाजनक हुने जनस्वास्थ्यविद डाक्टर अरुण उप्रेती बताउँछिन्।

जाडो मौसममा शरीरलाई अत्यावश्यक तत्व तरुलमा पाइने भएकाले पनि यो समयमा तरुल खानुपर्ने डाक्टर उप्रतीको भनाइ छ । हामी कहाँ धेरै थरीका तरुल पाइन्छ । घर तरुल, बन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल, स्कुसको जरा । यससँगै पिँडालु, सख्खरखण्ड आदि पनि खाइन्छ । अर्थात्, यस सिजनमा जे जति कन्दमुल उत्पादन हुन्छन्, ती माघे संक्रान्तिको विशेष परिकार बन्छ।

त्यसो त माघे संक्रान्तिको दिन चाकु, सख्खरबाट बनाइने परिकारलाई पनि प्राथमिकता दिइन्छ । वास्तवमा यी सबै हाम्रो शरीरले मौसमअनुकुल माग गर्ने खाद्य पदार्थ हुन् । माघे संक्रान्तिलाई विशेष दिन बनाएर यी खाद्य पदार्थको महत्व दर्शाएको हो ।

यद्यपी, एक दिन मात्र तरुल खाएर पुग्दैन । वास्तवमा जाडो महिनाभर वा जतिबेलासम्म उपलब्ध हुन्छ, हाम्रो खानामा यसलाई सामेल गर्नुपर्ने पोषणविद नानीशोभा शाक्य बताउँछिन् ।

घिउ, चाकु तथा सख्खरको फाईदा

माघे संक्रान्तिको अवसरमा माघको पहिलो दिन खाइने घिउ, चाकु तथा सख्खरले शरीरलाई शक्ति प्रदान गर्नुुका साथै शरीरलाई भित्रबाटै न्यानो प्रदान गर्छ । साथै, यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसित लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ ।

त्यति मात्र होइन, चाकु, तथा सक्खर चिनीबाट बनेको नभई विभिन्न तत्वबाट बनाइने हुदाँ यसले शरीरमा विभिन्न खनिज पदार्थको रुपमा समेत काम गर्दछ ।

त्यस्तै, घिउ आफैमा अन स्याचुरेटेड फैटी एसिड भएकोल यसले शरीरमा बोसो जम्न दिदैन । बरु शरीरलाई आवश्यक पर्ने चिल्लोको प्रवाह गरी शरीरलाई बलियो बनाउन मद्दत गर्छ ।

तिलको फाईदा

तिल आफैमा नजम्ने अनस्याचुरेटेड फैटी एसिड हो । यसले पाचन प्रक्रियालाई मजबुत बनाउनुका साथै शरीरमा प्रशस्त मात्रामा भिटामिन ‘ई’ को प्रवाह गर्छ । तिलमा प्रशस्त मात्रामा खनिज पदार्थ हुने भएकोले यसले रोगसित लड्न पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

रुघा खोकीबाट बचाउँछ : यो खाँदा शरीरमा प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र रुघाखोकीबाट राहत प्रदान गर्दछ ।

क्यान्सरको जोखिम कम : तिलमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरको सेल्सको गठन हुन रोकिदिन्छ ।

जोर्नी दुखाईमा राहत : यसमा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन सहयोग गर्दछ र जोर्नी दुखाईबाट राहत प्रदान गर्दछ ।

पाचनमा सहयोग : सख्खरमा र तिलमा फाइबर हुन्छ जसले पाचन शक्तिलाई बलियो बनाउँछ र कब्जियतको समस्याबाट बचाउँछ ।

चोटपटकमा राहत : यसमा जिंक हुन्छ जसले चाँडै नै चोटपटक ठिक गर्न सहयोग गर्दछ ।

गर्भवतीका लागि राम्रो : सख्खरमा आइरनको मात्रा अत्यधिक हुन्छ जसले गर्भावस्थाको क्रममा रगतको कमी टाढा राख्न मद्दत गर्दछ ।

तौल कम गर्न मद्दत : तिलको लड्डु सख्खरको मिश्रणले बनाइने भएकाले यी दुईको सेवनले शरीरको मेटाबोलिजम बढाएर तौल कम गर्न सहयोग गर्दछ ।

सुन्दरता बढाउँछ : तिलसँगै सख्खर खाँदा शरीरको टक्सिन बाहिर आउँछ जसले छालालाई नरम र चम्किलो बनाउँछ ।

मुटु रोगको जोखिम कम : यसमा पोटासियम हुन्छ जसले मुटु रोगको समस्याबाट बच्न सहयोग पुर्याउँछ ।

कपालको लागि फाइदाजनक : नियमितरुपमा तिलको तेल कपालमा लगाउने हो भने यसले कपाललाई जरैबाट बलियो बनाउनुका साथै कपाललाई चम्किलो बनाउने गर्दछ। त्यसैगरी, तिलको तेलको प्रयोगले कपाल झर्ने समस्या तथा चायाँ हुने समस्याबाट पनि छुट्कारा दिन्छ ।

रक्तचाप तथा सुगर रोगीलाई : तिलमा पाइने फाइबर र म्याग्नेसियम तत्वले इन्सुलिन र ग्लूकोज लेवल नियन्त्रण गर्न मद्दत गर्दछ, जसले रगतमा भएको सुगर लेवललाई बिग्रिन नदिई सुगर रोग लाग्ने खतराबाट बचाउने गर्दछ।

दाँत र गिजाको लागि फाइदाजनक : तिलको सेवनले गिजालाई बलियो बनाउनुका साथै मुखमा प्लेग जम्ने समस्या निर्मुल गर्दछ। त्यसैगरी तिलको सेवनले मुखबाट आउने दुर्गन्ध, गिजाबाट रगत आउने समस्या र दाँतलाई स्वस्थ राख्न मद्दत गर्दछ।

तरुल तथा पिँडालुको फाईदा

कन्दुमुलका नामले चिनिने तरुल तथा पिडालु रेशेदार खानेकुरा हो । यसले शरीरमा कैलोरी बढाउनुका साथै शरीरमा ताप पैदा गर्छ । साथै तरुल तथा पिडालुको सेवनले शरीरमा चिल्लो तथा बोसो जम्न दिदैन ।

तरुल तथा पिडालु रेशेदार हुने भएकोले यसले शरीरमा कब्जियत हुन दिदैन । यसको नियमित सेवनले ठूलो आन्द्रामा जमेको फोहर वा दिशालाई मलद्धारद्धारा सजिलै बाहिर निकाल्न मद्दत गर्छ ।

तरुलको सेबन गर्नाले छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्या समाधान हुन्छ । प्रशस्त मात्रामा फाइबर पाइने तरुलको सेबनले पाचन प्रक्रिया पनि राम्रो हुन्छ ।

यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ । यसको सेबन गर्नाले मस्तिस्कको विकास हुने गर्दछ । यसमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ । त्यसैले तरुलले मुटुलाई धेरै नै फाइदा गर्छ ।

यसले मुटु रोग लाग्नबाट बचाउछ । यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ । यसको सेबनले शरीरमा उर्जा प्रदान गर्दछ । जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो।

(पोषणविद् नानीशोभा शाक्य र जनस्वास्थ्य विद डाक्टर अरुण उप्रेतीसँग गरिएको कुराकानीमा आधारित )

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ५२ बजे

एसिसी महिला प्रिमियर कप: दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला टिम

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा आज नेपालले

केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल जेठ २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २१ गते बिहीबार अधिक जेठ