सिन्धुपाल्चोकमा बढ्दै कोभिड संक्रमित « Khabarhub

सिन्धुपाल्चोकमा बढ्दै कोभिड संक्रमित


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक बढ्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबारमात्र जिल्लाभर पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाका चार पुरुष र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको हो । बिहीबार पाँच महिला र चार पुरुष गरी नौ जनामा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमण बढेपछि जिल्ला कोभिड व्यवस्थापन समितिले बैठक बसी एकै स्थानमा एकैपटक २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको छ । सङ्क्रमणको सम्भावनालाई मध्यनजर गर्दै विद्यालय सञ्चालन र पठनपाठनका लागि यस अगाडि शिक्षा मन्त्रालयबाट जारी सूचनाबमोजिम गर्न गराउन सबै स्थानीय तहलाई निर्देशन पनि दिएको छ ।

बैठकले सङ्क्रमण वृद्धिदर उच्च रहेको निष्कर्ष निकाल्दै जिल्लावासीमा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्क प्रयोग गर्न तथा बाह्य सम्पर्कमा आएपछि नियमित हात धुने गर्न आह्वान पनि गरेको छ ।

समुदायका जोखिम क्षेत्र पहिचान गरी एन्टिजेन किटबाट परीक्षण गर्ने, परीक्षणको दायरा बढाउने, पहिचान भएका कोभिड–१९ का बिरामीको उचित व्यवस्थापन गर्दै जाने, खोप लगाउन छुटेका व्यक्तिलाई कोभिड–१९ विरुद्वको खोप लगाउन प्रोत्साहन गर्ने, घरमै आइसोलेसनमा रहेका व्यक्तिको निगरानी बढाउने, सार्वजनिक सवारी साधनबाट जिल्ला प्रवेश गर्ने नाकामा यात्रुले मास्क लगाए नलगाएको जाँच गरी मास्क लगाउन अनिवार्य गराउने, स्थानीय तहसँग समन्वय गरी सहायता कक्ष सञ्चालन गर्ने र स्वास्थ्य केन्द्र तथा आइसोलेसन सेन्टरमा आवश्यक पूर्वतयारीको व्यवस्था गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : ४५ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन