सिन्धुपाल्चोकमा बढ्दै कोभिड संक्रमित « Khabarhub

सिन्धुपाल्चोकमा बढ्दै कोभिड संक्रमित


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक बढ्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबारमात्र जिल्लाभर पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाका चार पुरुष र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको हो । बिहीबार पाँच महिला र चार पुरुष गरी नौ जनामा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमण बढेपछि जिल्ला कोभिड व्यवस्थापन समितिले बैठक बसी एकै स्थानमा एकैपटक २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको छ । सङ्क्रमणको सम्भावनालाई मध्यनजर गर्दै विद्यालय सञ्चालन र पठनपाठनका लागि यस अगाडि शिक्षा मन्त्रालयबाट जारी सूचनाबमोजिम गर्न गराउन सबै स्थानीय तहलाई निर्देशन पनि दिएको छ ।

बैठकले सङ्क्रमण वृद्धिदर उच्च रहेको निष्कर्ष निकाल्दै जिल्लावासीमा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्क प्रयोग गर्न तथा बाह्य सम्पर्कमा आएपछि नियमित हात धुने गर्न आह्वान पनि गरेको छ ।

समुदायका जोखिम क्षेत्र पहिचान गरी एन्टिजेन किटबाट परीक्षण गर्ने, परीक्षणको दायरा बढाउने, पहिचान भएका कोभिड–१९ का बिरामीको उचित व्यवस्थापन गर्दै जाने, खोप लगाउन छुटेका व्यक्तिलाई कोभिड–१९ विरुद्वको खोप लगाउन प्रोत्साहन गर्ने, घरमै आइसोलेसनमा रहेका व्यक्तिको निगरानी बढाउने, सार्वजनिक सवारी साधनबाट जिल्ला प्रवेश गर्ने नाकामा यात्रुले मास्क लगाए नलगाएको जाँच गरी मास्क लगाउन अनिवार्य गराउने, स्थानीय तहसँग समन्वय गरी सहायता कक्ष सञ्चालन गर्ने र स्वास्थ्य केन्द्र तथा आइसोलेसन सेन्टरमा आवश्यक पूर्वतयारीको व्यवस्था गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : ४५ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र