ब्राजिलमा ५–११ वर्षका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाउन सुरू « Khabarhub

ब्राजिलमा ५–११ वर्षका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाउन सुरू


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्राजिलले पाँचदेखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान सुरु गरेको अधिकारीलाई उद्धृत गरी ब्राजिलियाली सञ्चारमाध्यम सिएनएन ब्रासिलले जनाएको छ ।

ब्रासिलका अनुसार यो उमेर समूहमा खोप लगाउने पहिलो बच्चा आठ वर्षीय आदिवासी बालक रहेका छन् । उनलाई साओ पाउलो अस्पतालमा खोप लगाइएको हो । डिसेम्बर १६ मा, ब्राजिलको स्वास्थ्य नियामक एन्भिसाले पाँच देखि ११ वर्षका बालबालिकाहरूमा प्रयोग गर्नका लागि फाइजर–बायोएनटेकको कोभिड–१९ विरूद्धको खोपलाई अनुमोदन गरेको थियो ।

यो खोप बालबालिकाको लागि खोप लगाउन सुरक्षित रहेको बताइएपछि विभिन्न देशहरूमा उक्त उमेर समूहका बालबालिकालाई पनि खोप दिन थालिएको छ । नर्वेलगायतका कतिपय यूरोपेली मुलुकले पनि बालबालिकाका लागि यसको प्रयोग गर्न अनुमति दिइसकेका छन् ।

यद्यपि, बालबालिकालाई खोप लगाउनु आवश्यक नभएको भन्दै ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले आफ्नो ११ वर्षीया छोरीले बालबालिकाको लागि लगाइने भनिएको खोप नलगाउने बताए ।

ब्राजिलले सन् २०२१ को जनवरीमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म ३२ करोड मात्रा खोपको व्यवस्था गरेको छ । यहाँ हाल लगभग १४करोड ३० लाख मानिसहरू अर्थात् ६८ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ७ : ५९ बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले