इन्डोनेसियामा गएको भूकम्पबाट भौतिक संरचनामा ठूलो क्षति | Khabarhub Khabarhub

इन्डोनेसियामा गएको भूकम्पबाट भौतिक संरचनामा ठूलो क्षति


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट भौतिक संरचनामा ठूलो क्षती भएको छ ।

सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतीग्रस्त भएका छन् ।

भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरुले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् ।

इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर शुक्रबार ६.६ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार बेलुका ४.०५ मिनेट भूकम्प आएको हो । इन्डोनेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ७ : २५ बजे

नेपालविरुद्ध वेस्ट इन्डिज ए का चार्ल्सको शतक

काठमाडौं- वेस्ट इन्डिज ए का जोन्सन चार्ल्सले शतक बनाएका छन्

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाको अपिल

काबुल– अफगानिस्तानको हेरात प्रान्तका मंगलबार मस्जिदमा भएको आक्रमणमा एक महिला

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट 

ढोरपाटन– बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि

अमेरिकी विश्वविद्यालयहरुमा इजरायलविरोधी प्रदर्शन

काठमाडौं– अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शनको बीचमा कोलम्बिया विश्वविद्यालयमा तनाव