मकर नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु « Khabarhub

मकर नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरमा मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ ।

मकर नुहाउने क्रममा आज दिउँसो १२:४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो ।

बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब ४ किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तुम्बेवा–२ हाकपारामा नदी किनारामा बुढाथोकीको शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय रबीबाट प्रहरी निरीक्षक केशव अधिकारीको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ३९ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा