आयरल्याण्डसँग नेपाल पराजित हुँदा सन्दीपको ५० औं विकेटको रेकर्ड « Khabarhub

आयरल्याण्डसँग नेपाल पराजित हुँदा सन्दीपको ५० औं विकेटको रेकर्ड


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चारदेशीय टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भएको छ ।

अल अमेरात क्रिकेट मैदानमा १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो ।

नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए । यस्तै आशिफ शेख २३, कुशल भुर्तेल १५ र कमल ऐरीले १३ रनको योगदान गरे ।

नेपालका लागि अविनाश बोहराले दुई तथा कप्तान सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले समान एकएक विकेट लिए ।

सन्दीपको रेकर्ड

यो खेलमा एक विकेट लिएका नेपाली कप्तान सन्दीप लामिछाने टी २० क्रिकेटमा ५० विकेट लिने नेपालका प्रथम खेलाडी बनेका छन् ।

सोमबारको खेलमा कप्तान लामिछानेले २८ रन बनाएर खेलिरहेका जर्ज डकरेलको विकेट लिएका हुन् । यो उनको टी २० क्रिकेटको ५० औं विकेट हो।

सन्दीपका नाममा नेपालमा विभिन्न रेकर्ड छन् । तर, उनी टी२० क्रिकेटमा छरितो ५० विकेट लिने विश्वका तेस्रो खेलाडी बनेका छन्। सन्दीपले २९ खेलबाट यो रेकर्ड बनाएका हुन् ।

नेपाली कप्तान लामिछानेले अफगानिस्तानका रासिद खान र दक्षिण अफ्रिकाका इमरान ताहिरलाई पछि पारेका हुन् ।

छरितो ५० विकेट लिने खेलाडीमा श्रीलङ्काका अजन्था मेन्डिस शीर्ष स्थानमा छन्।२८ खेलमा ५० विकेट लिएर दोस्रो स्थानमा आयरल्याण्डका मार्क अडिर छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ५४ बजे

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश