इतिहासमा आजः ग्यालिलियोको जन्मदेखि इतिहासकै विशाल शान्ति प्रदर्शनसम्म « Khabarhub

इतिहासमा आजः ग्यालिलियोको जन्मदेखि इतिहासकै विशाल शान्ति प्रदर्शनसम्म


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १५ फेब्रुवरी । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

अहिले सम्मकै ठूलो शान्ति प्रदर्शन
सन् २००३ इतिहासमै सबैभन्दा ठूलो शान्ति प्रदर्शन भएको थियो । आजकै दिन विश्वभरका ६०० सहरहरुमा ३ करोड मानिसहरुले इराक युद्धको विरोध गर्दै शान्तिको पक्षमा प्रदर्शन गरेका थिए ।

सोभियत युनियन अफगानिस्तानबाट फिर्ता
सन् १९८९ मा अफगानिस्तानबाट सोभियत युनियन बाहिरिएको थियो । सैन्य सर्वोच्चताको बाबजुद सोभियत र अफगान सेनाले विद्रोहीको प्रतिकार गर्न विफल भएको बताइन्छ ।

मानव जिनोमको पहिलो मस्यौदा
सन् २००१ मा मानव जिनोमको पहिलो मस्यौदा प्रकाशित भएको थियो । मानव जिनोममा पूर्ण मानव आनुवंशिक सूचना छ ।

मुद्रालाई डेसिमल प्रणालीमा परिणत
सन् १९७१ मा बेलायत र आयरल्यान्डले आफ्नो मुद्रालाई डेसिमल प्रणालीमा परिणत गरेका थिए । परिवर्तनअघि एक पाउन्ड स्टर्लिङ २४० पेन्स बराबर थियो ।

ग्यालिलियो ग्यालिलीको जन्म दिन
आजकै दिन इटालीका प्रसिद्ध वैज्ञानिक ग्यालिलियो ग्यालिलीको जन्म भएको थियो । गणितज्ञ तथा दाशर्निकसमेत रहेका ग्यालिलियोको जन्म १५६४ मा इटालीको पिसामा भएको थियो । उनको मृत्यु सन् १६४२ को ८ जनवरीमा इटालिको आर्कटेरीमा भएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ६ : ५४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको