गड्डाचौकी नाका खुल्यो « Khabarhub

गड्डाचौकी नाका खुल्यो


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– भारतको उत्तराखण्ड प्रदेशमा भएको निर्वाचनका क्रममा बन्द गरिएको कञ्चनपुको गड्डाचौकी नाका खुला गरिएको छ । उत्तराखण्डमा निर्वाचन सकिएसँगै सोमबार साँझदेखि नाका खुला गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

नाका खुला गरिएसँगै आवतजावत सुरु गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए । भारतको उत्तराखण्डसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका शुक्रबार साँझदेखि ७२ घण्टाका लागि नाका बन्द गरिएको थियो ।

गड्डाचौकी नाकासँगै उत्तराखण्डसँग सिमाना जोडिएका बैतडी र दार्चुलाका नाकासमेत ७२ घण्टाका लागि बन्द गरिएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १२ : ३० बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल