भारतीय ज्वाइँ बन्दै अस्ट्रेलियाका क्रिकेटर ग्लेन म्याक्सवेल « Khabarhub

भारतीय ज्वाइँ बन्दै अस्ट्रेलियाका क्रिकेटर ग्लेन म्याक्सवेल


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेल भारतका ज्वाइँ बन्ने भएका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको म्याक्सवेलको विवाहको कार्डबाट यो खुलासा भएको हो।

म्याक्सवेल आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरबाट क्रिकेट खेल्दै आएका छन्। म्याक्सवेलले आफ्नी भारतीय मूलकी प्रेमिका विनी रमनसँग मार्च २०२० मा इन्गेजमेन्ट गरेका थिए।

भारतीय सञ्चार माध्यमका अनुसार म्याक्सवेल र विनीको विवाह परम्परागत तमिल ब्राह्मण शैलीमा हुनेछ र धेरै अष्ट्रेलियाली क्रिकेटर र अन्तर्राष्ट्रिय अतिथिहरू समारोहमा उपस्थित हुने अपेक्षा गरिएको छ।

म्याक्सवेलले मार्च २७ मा प्रेमिका विनीसँग विवाह गर्नेछन्। मार्च २०२० मा म्याक्सवेलले भारतीय परम्परा अनुसार विनीसँग इन्गेजमेन्ट गरेका थिए। अहिले दुबै जनाको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। विनीले आफ्नो इन्स्टाग्राममा म्याक्सवेलसँगका धेरै तस्विर पनि सेयर गरिसकेकी छन्।

सन् २०१९ मा म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण क्रिकेटबाट आफूलाई टाढा राखेका थिए। तर, पछि उनले विनी कै कारण क्रिकेटमा फर्किएको बताएका थिए। विनीको पूर्खोली घर भारतको चेन्नईमा छ। तर, उनी अष्ट्रेलियामा जन्मिएकी र हुर्केकी थिइन्।

उनले उतै फार्मेसी पढेकी थिइन्। विनीका बुबा वेंकट रमन र आमा विजयलक्ष्मी रमन उनको जन्म हुनुअघि नै अस्ट्रेलियामा बसाइ सरेका थिए। विनीसँग विवाह गरेपछि म्याक्सवेल भारतीय मूलकी युवतीसँग विवाह गर्ने दोस्रो अस्ट्रेलियाली खेलाडी बन्नेछन्।

यसअघि सन् २०१४ मा अष्ट्रेलियाका पूर्व फास्ट बलर शान टेटले भारतीय मूलका मासूम सिंघासँग विवाह गरेका थिए। यी दुबै एक अर्कालाई आईपीएल पार्टीको समयमा भेटेका थिए र विवाह अघि एक अर्कासँग सम्बन्धमा थिए।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १२ : ४५ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका