च्याम्पियन्स लिगः दुई महारथी रियल मड्रिड र पीएसजी आज भिड्दै « Khabarhub

च्याम्पियन्स लिगः दुई महारथी रियल मड्रिड र पीएसजी आज भिड्दै


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आज मंगलबार घरेलु टोली पेरिस सेन्ड जर्मेन (पीएसजी) ले रियल मड्रिडलाई आतिथ्य प्रदान गर्दैछ।

पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुने खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ । घरेलु मैदानमा स्पेनिस लिग लिडर रियललाई स्वागत गर्दा पीएसजी महत्वपूर्ण तीन अंक जोड्दै क्वाटरफाइनलको ढोका सहज बनाउन चाहन्छ ।

यता, रियलसमेत आफ्ना पूर्व कप्तान सर्जियो रामोसविरुद्ध जित निकाल्ने योजनामा छ । युवा खेलाडी र अनुभवी खेलाडीको सम्मिश्रण रहेको दुबै टोलीको भिडन्तलाई युरोपेली क्लब महारथीको प्रतिस्पर्धाको रुपमा लिइएको छ ।

घरेलु मैदानमा पीएसजी आफ्ना ब्राजिलियन फरवार्ड नेयमार फर्कनेमा विश्वस्त छ । गत नोभेम्बरमा याङ्कलको चोट बोकेपछि नेयमारले पहिलो पटक खेल्न सक्नेछन् । यस्तै रियलका पूर्व कप्तान तथा सेन्टर डिफेन्डर रोमास भने खेल्नेमा शंका छ । उनी काल्फ चोटको समस्यामा छन् ।

गत सिजन इंग्लिस क्लब म्यानचेष्टर सिटीसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको पीएसजी यस पटक अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीको आगमनसँगै अग्रपंक्तिमा झनै बलियो देखिएको छ । उनलाई फ्रान्सका अर्का अट्याकर केलियन एम्बाप्पेले सहयोग गर्नेछन् ।

मेस्सीले पीएसजी आएपछि च्याम्पियन्स लिगमा पाँच गोल गरिसकेका छन् । यस्तै उनले बार्सिलोना रहँदा रियल मड्रिडविरुद्ध २६ पटक गोल गरेका छन् ।

‘पीएसजी पछिल्लो ५० वर्षयता उपाधि जित्न प्रयास गरिरहेको छ । त्यसैले हामीलाई दबाव छ,’ पीएसजीका प्रशिक्षक माउरिसो पोचेटिन्हो भन्छन् । हाल टोली फ्रेन्च लिग वानमा १३ अंकको अग्रतासहित शीर्ष स्थानमा छ ।

यता, १३ पटक युरोपियन च्याम्पियन भइसकेको रियलसमेत पीएसजीलाई घरेलु मैदानमा दवाब बढाउँदै तीन अंक खोस्ने दाउँमा छ । यद्यपि कप्तानसमेत रहेका करिम बेन्जेमा र लेफ्ट ब्याक मेन्डीले चोट बोकेका कारण खेल खेल्ने या नखेल्नेमा द्विविधा छ । बेन्जेमाले यस सिजन क्लबका सबै खेलमा २४ गोल गरिसकेका छन् ।

आज नै सोहि समयमा हुने खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटी र पोर्चुगिज क्लब स्पोर्टिङ सीबी खेल्दै छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १ : ३० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी