इडेन गार्डेनमा शतकको खडेरी तोड्लान् त कोहली ? « Khabarhub

इडेन गार्डेनमा शतकको खडेरी तोड्लान् त कोहली ?


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीको ब्याट नचलेको लामो समय भइसकेको छ। उनले अन्तिम पटक नोभेम्बर २०१९मा बंगलादेशविरुद्धको पहिलो डे–नाइट टेस्टमा शतक बनाएका थिए।

त्यसयता उनले शतक बनाउन सकेका छैनन्। अझैं भनौ शतकको खडेरी जारी छ। लगातार उत्कृष्ट प्रदर्शन गर्न चुकेको कारण उनले कप्तानीसमेत त्याग्नु पर्‍यो । अहमदावादमा वेष्ट इण्डिजसँग भएको पछिल्लो वानडे सिरिजमा समेत कोहलीको ब्याट चल्न सकेन।

उनले तीन खेलमा मात्र २६ रन बनाए। एसियाली क्रिकेटको मक्का भनिने कोलकताको इडेन गार्डेन स्टेडियममा भारतले बुधबारदेखि वेष्ट इण्डिजसँग तीन टी(२० सिरिज खेल्दै छ। यस सिरिजमा भने धेरैले कोहलीको ब्याटबाट शतकको आश राखेका छन्।

इडेन गार्डेन खराब फर्मसँग लडिरहेका ब्याट्सम्यानका लागि सधैं भाग्यशाली रहने गरेको कारण पनि क्रिकेट पण्डितले कोहलीको ब्याटबाट शतकको आश राखेका हुन्।

यो मैदानले धेरैलाई आफ्नो हराएको लय पुनः प्राप्त गर्न र आफ्नो करियर लामो बनाउन मद्दत गरेको छ। जसमा स्वदेश तथा विदेशका धेरै ब्याट्सम्यानहरू पर्छन्। भारतका मुहम्मद अजहरुद्दीन र भिभीएस लक्ष्मण र पाकिस्तानका युनुस खान जस्ता धेरै यसको उदाहरण हुन्।

अजहरुद्दिनले जहिले पनि आफ्नो लय गुमाए। इडेनमा आएपछि मात्र फिर्ता पाए। अजहरुद्दिनले इडेनमा टेष्ट खेलमा पाँच शतक प्रहार गरेका थिए। उनीसँगै लक्ष्मणलाई इडेनले नै टेस्ट क्रिकेटरको रुपमा स्थापित गरेको थियो।

उनले सन् २००१ मा सोही मैदानमा अस्ट्रेलियाविरुद्ध २८१ रनको अतुलनीय इनिङस् खेलेका थिए। उनले यही मैदानमा पाँच टेस्ट शतक पनि बनाएका थिए। यस्तो अवस्थामा इडेनमा लामो समय लय गुमाएका कोहली पनि लयमा फर्किने संकेत गरेका छन्।

कोहलीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय शतक पनि यही मैदानमा बनाएका थिए। उनले अन्तिम पटक सन् २०१९ नोभेम्बरमा बंगलादेशविरुद्धको पहिलो डे–नाइट टेस्टमा शतक बनाएका थिए।

भारत–वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० सिरिज बुधबारदेखि सुरू हुँदै छ। सबैको नजर खराब लयमा रहेका कोहलीमाथि हुनेछ। टी–२० खेलमा शतक बनाउन सजिलो नभए पनि श्रीलंकाविरुद्धको एकदिवसीय खेलमा रोहित शर्मा एक्लैले २६४ रन बनाउन सक्ने मैदानमा यो असम्भव भने छैन।

कोहली विश्वस्तरका ब्याट्सम्यान भएकोले उनी शतकबाट धेरै टाढा नभएको भारतीय ब्याटिङ प्रशिक्षक विक्रम राठौर बताउँछन्। तर, इडेन अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० शतकबाट वञ्चित छ। कोहलीले टेष्टमा दुई र एकदिवसीयमा एक शतक प्रहार गरेका छन्।

इडेनका क्युरेटर सुजन मुखर्जी इडेन गार्डेन स्टेडियमले खेलाडीको प्रतिभालाई न्याय गरेको बताउँछन्। उनी भन्छन्, ‘ब्याट्सम्यानलाई जति उपयुक्त हुन्छ, बलरका लागि पनि त्यति नै हुन्छ। यस मैदानमा बलरले पनि ब्याट्सम्यानले जस्तै सफलता पाएका छन्।’

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १ : ४५ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका