१३ छात्रालाई बलात्कार गर्ने बोर्डिङ स्कुलका मालिकलाई आजिवन कैदको सजाय | Khabarhub Khabarhub

१३ छात्रालाई बलात्कार गर्ने बोर्डिङ स्कुलका मालिकलाई आजिवन कैदको सजाय


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता–१३ छात्रालाई दुर्व्यहार र बलात्कार गरेको अभियोगमा इन्डोनेसियाको एउटा अदालतले एउटा बोर्डिङ स्कुलका सञ्चालक तथा शिक्षकलाई जेल सजाय तोकेको छ । ११ देखि १६ वर्षका किशोरीहरुलाई बलात्कार गरेको अभियोगमा हेरी विरावनलाई अदालतले सो सजाय तोकेको हो ।

धार्मिक शिक्षकसमेत रहेका विरावनले सन् २०१६ देखि छात्राहरुलाई बलात्कार सुरु गरेका थिए । उनीहरुमध्ये ८ जना गर्भवती भएका थिए । उनीहरुका तर्फबाट नौ जना बालबालिका जन्मिएका थिए । कुमारी छात्राका तर्फबाट बालबालिका जन्मिएको घटनालाई लिएर इन्डोनेसियामा ठूलो हंगामा मच्चिएको थियो ।

उनीमाथि मृत्युदन्डको सजाय माग गर्दै अभियोजनकर्ताले अदालतमा उजुरी गरेका थिए । तर, मंगलबार बाङडुङ जिल्ला अदालतका न्यायाधीशहरुको एउटा बेन्चले उनलाई आजिवन काराबासको सजाय तोकेको थियो ।

विरावनलाई नपुंशक बनाउनु पर्ने अभियोजकहरुको अर्को मागलाई पनि पनि बेन्चले अस्वीकार गरेको थियो ।

पीडितहरुमध्येकी एक जनाका अभिभावकले छोरी गर्भवती भएको थाहा पाएपछि गत वर्षको मे महिनामा सो घटना सार्वजनिक भएको थियो । विरावनले सन् २०१६ देखि विद्यार्थीलाई यौन दुव्र्यबहार गरेको अदालतको फैसलामा उल्लेख छ । पश्चिमी जाभाको बाङडुङ सहरमा मुस्लिम बोर्डिङ स्कुल खोलेपछि उनले दुर्व्यहारको धन्दा सुरु गरेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ४ : ०० बजे

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

चन्द्र ढकालले भने : नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

महोत्तरी– मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध घोषणा