युरेनियम जस्तो देखिने पदार्थसहित काठमाडौँबाट ८ जना पक्राउ | Khabarhub Khabarhub

युरेनियम जस्तो देखिने पदार्थसहित काठमाडौँबाट ८ जना पक्राउ


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरेनियम जस्तो देखिने पदार्थ किनबेचमा संलग्न भएको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा कांग्रेस नेता पनि छन् ।

पक्राउ पर्नेमा कांग्रेसबाट ललितपुर क्षेत्र नम्बर ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत समेत छन् ।

प्रहरीको विशेष ब्यूरो र काठमाडौँ प्रहरी परिसर, टेकुले चलाएको संयुक्त अपरेशनमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, जिवछ नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुर, उपेन्द्रकुमार मिश्र, गोपिलाल दास छन् ।

ह्यायत रिजेन्सी होटलमा पार्किङ गरिराखेको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित भुपेन्द्रबहादुर खड्का र नवराज महतलाई फेला पारी सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई भारतबाट ल्याई प्रतिकिलो ३५ करोड रुपैयाँमा बिक्री गर्न लागेको प्रहरीले जनाएको छ ।

यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गतवर्षसाढे २ किलो युरेनियम बरामद गरेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १० : १५ बजे

एमाले महासचिवको निष्कर्ष : उपचुनावले नयाँ राजनीतिक ध्रुवीकरण सुरु भयो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख १५ गते सम्पन्न उपचुनावले

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना, २१ जना घाइते

पोखरा– मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा