कुवेरको एजुकेसनल भिडियोमा अनमोल « Khabarhub

कुवेरको एजुकेसनल भिडियोमा अनमोल


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — अभिनेता अनमोल केसी एम्पाएर इन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेससँग जोडिएका छन् । एक वर्षको लागि अनुबन्धित भएका अनमोलले फोटोसुट, टिभीसी (टेलिभिजन कमर्सियल)सँगै एम्पाएरले गर्ने विभिन्न सचेतनामुलक शैक्षिक इभेन्टमा सहभागी हुनेछन् ।

उनले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई एम्पाएरको तर्फबाट सहि सूचना पुर्याउने छन् । अनमोलले एम्पाएरको लागि फोटोशुटसँगै केही दिन अगाडी मात्र टिभीसी शुट गरिसकेका छन् । उनको टिभीसीलाई शैक्षिक शैलीमा तयार गरिएको सञ्चारकर्मी तथा निर्देशक कुवेर डंगोलले बताए । केही समय अगाडि डंगोलसँगै फोटोशुट सम्पन्न गरेका अनमोलले टिभीसीको काम पनि सकाएका छन् ।

‘हामीले टिभीएडको लागि २५ सेकेण्ड लम्बाई रहेको भिडियो तयार पारेका छौँ । यहाँ अस्ट्रेलिया पढ्न चाहने विद्यार्थीहरुको लागि छोटो सन्देश छोडिएको छ’ निर्देशक डंगोलले भने । टिभीसीमा अनमोललाई क्याजुअल लुक्समै सरल तरिकाले प्रस्तुत गरिएको छ । एम्पाएरले विद्यार्थीलाई दिदै आएको सेवालाई ध्यानमा राख्दै टिभीसी तयार गरिएको निर्देशक डंगोलले जनाए । रंग पत्रकार राजन घिमिरेको कन्सेप्टमा तयार भएको टिभीसीमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा कलर रहेको छ ।

पछिल्लो पुस्ताका महंगा अभिनेता अनमोलले उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई एम्पाएरसँग जोडिएको जानकारी शेयर गर्नेछन् । केही समय यता विभिन्न ब्राण्डसँग जोडिएका अनमोलले आफ्नो फलोअर्समार्फत विद्यार्थी माँझ सही जानकारी पु¥याउने उद्देश्यका साथ एम्पाएरको ब्राण्ड एम्बेसडर बन्न तयार भएको बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : ५९ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा