क्याल्सियमको कमी हुँदा शरीरमा कस्ता लक्षण देखा पर्छ ? « Khabarhub

क्याल्सियमको कमी हुँदा शरीरमा कस्ता लक्षण देखा पर्छ ?


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सामान्यतः शरीरमा भिटामिन डी र म्याग्नेसियमको कमी हुँदा पनि शरीरले क्याल्सियम राम्ररी ग्रहण गर्न सक्दैन र यसको कमी हुन जान्छ ।

नुन धेरै खाँदा वा फस्फोरस बढी हुने चियो पेयहरु बढी मात्रामा खाँदा पनि यो समस्या देखापर्ने खतरा बढ्छ। त्यसबाहेक, मिर्गौलाको जटिल रोगहरु, थाइराइडडले राम्ररी काम गर्न नसक्दा तथा विभिन्न खालका औषधीहरुको असरको कारण पनि शरीरमा क्याल्सियमको कमी हुन सक्छ ।

शरीरमा क्याल्सियमको कमी हुँदा प्रारम्भिक चरणमा त्यसको कुनै लक्षणहरु नदेखिन पनि सक्छ । तर क्याल्सियमको कमी हुँदा शरीरमा विभिन्न खालका समस्याहरु र लक्षणहरु देखापर्न सक्छ, जुन देखापर्यो भने समस्याको पहिचान गर्न अनि त्यसको उचित उपचार गर्नको लागि तुरुन्तै स्वास्थ्य परीक्षण गराउनु पर्छ ।

शरीरमा क्याल्सियमको कमी हुँदा निम्न लक्षण देखापर्छ ।
– मासुहरु दुख्ने
– अंग बाउँडिने
– मासुहरु फरफराउने
– हिँडडुल गर्दा विशेष गरी तिघ्रा र पाखुराहरू दुख्ने

क्याल्सियमको कमी बढी हुँदै जाँदा हात, खुट्टा, पाखुरा र मुख वरिपरि झम्झमाउने, बोधो हुने, फरफराउने जस्ता समस्याहरु पनि देखापर्न सक्छ । यी लक्षणले शरीरमा क्याल्सियमको कमी भएको कुराको संकेत गरिरहेको हुन सक्छ । तसर्थ तत्काल यसको उपचार गराउनु पर्ने हुन्छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : १६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको