देश छाड्न थाले युद्ध विरोधी रुसी नागरिक | Khabarhub Khabarhub

देश छाड्न थाले युद्ध विरोधी रुसी नागरिक


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जर्जीयाको संसद् अगाडी उभिएका, येभगेनी लेयमिन । साथमा प्याक गरिएका कपडा र केही खाने कुरा पनि छन् । त्यहाँबाट कता जाने कुनै टुङ्गो छैन । सायद युक्रेन नै उनको अबको लक्ष्य हुन पनि सक्ने छ । रुसले युक्रेनमा आक्रमण गरे पछि २५ हजार रसियनहरू अहिले जर्जीया पुगेका छन् । त्यहाँको प्रमुख सहरमा रुसबाट आएका सबैले बास पाउन नै मुस्किल हुन थालेको छ । जर्जीयाको राजधानी बीलीसीमा सामानहरू प्याक गरेर उनीहरू बसेका छन् ।

लेयमिनको कोटमा युक्रेनको झन्डाको अर्थ लाग्ने निलो र पहेँलो रिबन टाँसिएका छन् । यही रिबनकै कारण रुसमा भएको युद्ध विरोधी प्रदर्शनमा उनी गिरफ्तार भएका थिए । युद्ध सुरु भएको दोस्रो दिन नै उनलाई गिरफ्तार गरिएको हो ।

‘मलाई थाहा छ, पुटिन सत्ताको विरोध गर्ने सबैभन्दा राम्रो तरिका नै देश छाड्नु हो, ’राजनीति शास्त्रका ग्र्याजुएट २३ वर्षीय ती युवाले भने ‘ अहिले युक्रेनीलाई सकेको सहयोग गर्नु मेरो पनि कर्तव्य हो । ’

जर्जीयामा रुसी युवाको ओइरो लाग्ने क्रम रोकिएको छैन । सायद यो क्रम अझ धेरै दिनसम्म चल्ने छ । युरोपेली युनियन, अमेरिका, बेलायत र क्यानडाले रुसी विमानलाई प्रतिबन्ध लगाइ सकेका छन् । यस कारण उनीहरू अझै भिसा लगाउन नपर्ने तथा उडान खुला भएका देशमा गइरहेका छन् । टर्की र अर्मेनिया रसियनहरू पुग्ने अन्य स्थान हुन् ।

एक अर्थशास्त्रीकै अनुसार युद्ध सुरु भए यता २ लाख जना भन्दा बढीले रुस छाडेका छन् । अहिले रुस मात्र होइन, यस युद्धमा रुससँग सहकार्य गरी रहेको बेलारुसमा पनि नागरिक विद्रोह जारी छ । त्यहाँका पनि धेरै जनाले देश छाडी सकेका छन् । अन्य देशबाट यसरी मानिसहरू ओइरन थाले पछि जर्जीयामा घर भाडा एकाएक बढेका छन् । यो क्रममा इस्तानबुल र अर्मेनियाको राजधानी एरेभानमा अझ बढी छ ।

‘म र मेरो श्रीमानको इस्तानबुलसम्मको हवाई टिकटको मूल्य हामी दुवै जनाको साताको कमाइ भन्दा बढी भयो, ’रुस छाडेर टर्की पुगेकी अन्याले भनिन् । रुसमा राष्ट्र घात सम्बन्धी नयाँ कानुन आए पछि अन्याले देश छाड्ने निर्णय गरेकी हुन् । सो कानुन अनुसार युक्रेनको पक्षमा बोल्नेलाई २० वर्षसम्म जेल सजाय हुन सक्छ । उनले आफू पनि त्यसै कानुनको सिकार हुन सक्ने सम्भावना देखेर देश नै छाड्ने निर्णयमा पुगेकी हुन् ।

‘सैन्य शासन, राजनीतिक दमन र जबरजस्ती सैन्य बल हाम्रो डिएनएमा नै छ । मलाई मेरी हजुर आमाले स्टालीनको शासनकालमा रहेको डरको कथा सुनाएको अझै ताजै छ । अहिले हामी यहीँ महसुस गरी रहेका छौँ,’ उनले भनिन् ।

यसरी देश बाहिर जाने मध्य धेरै जसो प्रविधियुक्त दुनियाँका कामदार छन् । उनीहरू धेरै टाढा रहेर पनि आफ्नो काम गर्न सक्छन् । बीलीसीमा भेटिएका एक भिडियो गेमका निर्माता आफू रुसी नीतिको समर्थक नरहेको तथा यसको विरोध गर्दा ठुलो दमन हुन सक्ने बताउँछन् । यसै कारण उनी पनि देश छाड्ने निर्णयमा पुगेका हुन् ।

‘विद्रोहको एउटै शैली भने दश छाड्ने नै हो । आफ्नो सीप प्रयोग गर्ने र विदेशमै पैसा कमाएर राख्ने उपयुक्त बाटो हो । हामी मध्यका धेरैले यसै गरेका छौ,’ आइगोर नामका ती युवाले जर्जीयाको आतिथ्य मिठो नलागेका कारण त्यस स्थान छाडेर अन्यत्र कतै जाने योजनामा रहेको समेत सुनाए ।

विदेश गएर पनि उनीहरूको जीवन भने सहज भएको छैन । कतिपय कम्पनीले रुस र बेलारुसको मान्छे भएका कारण काम दिन नै मान्दैनन्। आइगोर पुटिनको भूराजनीतिले आफूहरूको जीवन नै भताभुङ्ग पारिदिएकोमा आक्रोशित छन् । उनले आफू रुसमा समेत शरणार्थीको रूपमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आइटी कम्पनीले अहिले धमाधम रुसमा काम बन्द मात्र गर्न थालेका छैनन् । रुसी जनशक्ति राख्न पनि आनाकानी गर्न थालेका छन् ।

बीलीसीको सामुदायिक सेवा भवनमा थुप्रै नव आगन्तुकको भिड छ । उनीहरूले कामका लागि आवेदन दिइरहेका छन् । बेलारुसी राजधानी मिन्सकबाट आएका आइटी विशेषज्ञ क्रिस्टीना र निकिताले एकल इन्टरप्रेनरको रूपमा फर्म दर्ता गरेका छन् । यो सँगै उनीहरूले जर्जीयामा बैक खाता खोल्ने अनुमति पाएका छन् ।

‘हामी हाम्रो सरकारलाई सहयोग गर्न चाहँदैनौ । किनकि हामीले त्यो ठाउँ छाडी सकेका छौ । म यहाँ सुरक्षित हुन चाहन्छु,’ क्रीस्टीनाले भनिन्, ‘अहिले पनि हामीले राष्ट्रको नाममा धम्की सहेका छौ । मेरो वास्तविक देशको परिचय लुकाइ रहेकी छु । म कहाँबाट आएकी हुँ भनेर सोधेमा देशको नाम लिन मलाई अप्ठेरो लाग्छ ।’

युद्ध सुरु भए यता बीसीलीमा युक्रेनको समर्थनमा ठुलो प्रदर्शन नै भएको थियो । पछिल्लो सर्वेक्षण अनुसार जर्जीयाका ८७ प्रतिसतले रुसविरुद्धको युद्ध आफ्नै भएको महसुस गरेका छन् । १४ वर्ष भन्दा बढी समय रुसी शासकले दिएको दुखलाई जर्जीयाका बासिन्दा कहिल्यै पनि बिर्सन सक्दैनन् । सन् २००८ मा जर्जीयामा सेना पठाएर त्यहाँको २० प्रतिशत भूभाग कब्जामा लिएको रुसी शासकले फेरि पनि जर्जीयालाई दुख दिने त होइन भन्ने पनि डर छ ।

प्राविधिक इन्टरप्रेनर लेस कालाभिनास्कोभ रुसमा इतिहासकै ठुलो ‘ब्रेन ड्रेन ’भए पछि यसले जर्जीयालाई ठुलो लाभ हुन सक्ने विचार व्यक्त गर्छन् । टेलिग्राममा उनको एउटा समूह छ । त्यो समूहका ४ हजार जना अहिले कहाँ जाने भनेर छलफल चलाउँदै छन् । उनीहरूलाई पनि सार्वजनिक स्थानमा रुसी भाषा बोल्दा जोखिम त हुने होइन भन्ने चिन्ता पनि छ ।

एभगेनी लेयमीन यसै कारण जर्जीयाको भाषा सिकी रहेका छन् । ‘ पुटिन विरोधी हुँ । म युद्ध विरोधी हुँ । मैले अझै रुसको बैकमा रहेको मेरो पैसा झिक्न सकेको छैन । तर, युक्रेनीले भोगेको समस्याको तुलनामा यो सामान्य समस्या हो ।’

अहिले रुस छाडेर अन्यत्र जान चाहनेमा धेरै जना युवा नै छन् । यस कारण भविष्यमा पनि रुसलाई ठुलो असर गर्ने सम्भावना प्रबल बनेको छ। यस्ता पिडा धेरैका छन् । इस्तानबुलमा भेटिएकी एक युवतीले अहिलेको रुसी शासनलाई हिटलर कालको जर्मनीको जत्तिकै कठोर शासनको संज्ञा दिएकी छिन् । उनी रुसको भन्दा सुखद जीवन संसारका कुनै पनि स्थानमा हुन नसक्ने बताउँछिन् ।

त्यसो त पुटिनको शासन कालमा मानसिक समस्या बढ्ने र यसले पागलपन रुसको थप समस्या बन्न सक्नेमा धेरैको सहमति छ । धेरै युवाहरू रुसमा बसी रहेमा एन्जाइटीको सिकार हुन सक्ने ठहर गर्दै बिदेसिने निर्णयमा पनि पुगेका छन् ।

अहिले रसियनहरूको उपस्थिति बाक्लो भएको स्थान मध्य टर्कीको अन्ताल्यमा पुग्नेहरू धेरै रमाउने गरेका छन् । उनीहरू त्यहाँको आतिथ्ययताले आफूलाई खुसी तुल्याएको बताउँदै आएका छन् । सत्ताबाट बारम्बार निसानामा परेको मस्कोको एक परिवार एक साता देखि त्यहाँको एक फ्लायटमा बसेको छ । उनीहरूलाई त्यहाँ जीवन सुरक्षित र आनन्दित भएको महसुस हुँदै छ । त्यो परिवारले बिदा मनाउन टर्की आएको भनेका छन् । नजिकका साथीसँग भने कहिले पनि रुस फर्केर जाने सोचाइमा नरहेको बताएका छन् ।

त्यसो त, विदेशमा बसेर काम गर्ने धेरै रसियनलाई अहिले अप्ठेरो पनि भएको छ । रुसले युक्रेन हमला गरे यता हरेक रसियनलाई घृणा गर्नेको पनि कमी छैन । रुस छाड्नुको प्रमुख कारण पुटिनको तानासाही शासन र युद्ध मोह त हुँदै हो । यसका साथै त्यहाँको आर्थिक अवस्थाको कारण जीवन थप असुरक्षित भएको महसुस धेरैलाई छ ।

अन्तर्राष्ट्रिय निकायले लगाएको प्रतिबन्धको कारण प्रत्येक दिन रुसी मुद्राको मूल्य घटी रहेको छ । बैङ्कले पैसा फिर्ता दिन नसक्ने अवस्था भइसकेको छ । अन्तर्राष्ट्रिय निकायको नाकाबन्दी र राज्यको युद्ध मोहले केही समयमा नै रुसको अवस्था अझ खराब त हुने नै छ । साथै अहिलेको ब्रेन ड्रेनका कारण रुस धेरै वर्ष पछाडि धकेलिएको छ ।

-एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : ०२ बजे

बागमतीको जलस्तर बढ्दै, नदी किनारमा सावधानी अपनाउन आग्रह

काठमाडौं–  काठमाडौंसहित देशका अधिकांश स्थानमा शनिबार रातिदेखि वर्षा भएको छ

मौसम पूर्वानुमानपछिको पूर्व सूचनालाई प्रभावकारी बनाउनेसहित चार निर्णय

काठमाडौं– राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई ध्यान दिँदै मौसम

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं– संघीय निजामती सेवा विधेयक आइतबारको प्रतिनिधिसभा बैठकबाट पारित भएको छ

राष्ट्रियसभा : विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि छलफल जारी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल

इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्धको मुद्दा ‘राजनीतिक प्रतिशोध’ का रूपमा आएको ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार (अमेरिकी स्थानीय समय) इजरायली