आगलागीपीडितलाई अमेरिकामा रहेका थापाको सहयोग « Khabarhub

आगलागीपीडितलाई अमेरिकामा रहेका थापाको सहयोग


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिका–४ मा गत फागुन २२ गते भएको आगलागीबाट पीडित भएकालाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । तेह्रथुम घर भई हाल अमेरिकामा रहेका हेम थापाले आगलागीबाट घर जलेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यस्वरुप रु ५० हजार पठाएका हुन्।

भूपाल हार्डवेयरबाट सुरु भएको आगलागीका कारण हार्डवेयर आसपास रहेका घरमा क्षति पुगेको थियो । घरमा क्षति पुगेका व्यक्तिलाई केही सहयोग होस् भन्ने उद्देश्यले हेम एण्ड माया फाउण्डेशनमार्फत उक्त सहयोग गरेको उनले बताए । ‘आगलागीबाट पीडित भएकालाई सबैले सहयोग गर्नुपर्छ, मैले गरेको सहयोगले अरुलाई पनि उत्प्रेरणा मिल्ने विश्वास लिएको छु’, उनले भने ।

उनले नेपाली कांग्रेस तनहुँका जिल्ला सचिव लक्ष्मीभक्त खनालमार्फत उक्त सहयोग गरे। सचिव खनालले व्यास –४ का वडाध्यक्ष विश्वराज न्यौपानेलाई सोमबार उक्त रकम हस्तान्तरण गरे । सो क्रममा खनालले आगलागीका कारण घर जलेका व्यक्तिलाई वडा कार्यालयले समन्वय गरेर रकम हस्तान्तरण गर्न आग्रह गरे ।

वडाध्यक्ष न्यौपानेले हार्डवेयरले बीमा गरे पनि व्यक्तिगत घरको बीमा नभएकाले उनीहरुलाई थप क्षति भएको जनाउँदै सहयोग रकमप्रति आभार व्यक्त गरे। हेम थापा र उनकी श्रीमती माया थापाले आफ्नै कमाइबाट हेम एण्ड माया फाउण्डेशन संस्था सञ्चालन गरी हाल २१ असहाय विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउँदै आएकी छन्।

उक्त फाउण्डेशनमार्फत देशका विभिन्न ठाउँमा असहाय, पीडितलाई सहयोग गर्दै आएको बताइएको छ । आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्सका साथै क्या बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दीपक श्रेष्ठको घरमा क्षति पुगेको छ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ११ : ३० बजे

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा

आज देशभर बीसौँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं– बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर

इजरायल-लेबनान युद्धविराम तीन साता थपिएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको कमजोर

नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारको रूपमा अघि बढाउन प्रस्ताव गरिएको

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला– जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि