युक्रेनका स्वतन्त्र सञ्चारमाध्यमलाई युद्धबाट जोगाउन आर्थिक सहयोग अभियान तीव्र « Khabarhub

युक्रेनका स्वतन्त्र सञ्चारमाध्यमलाई युद्धबाट जोगाउन आर्थिक सहयोग अभियान तीव्र


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनका स्वतन्त्र सञ्चारमाध्यमलाई रुसले थालेको आक्रमणबाट जोगाउन सहयोग सङ्कलन गर्ने कार्यले तीव्रता पाएको छ । आर्थिक सहयोग सङ्कलन गर्ने साइट ‘गो फन्ड मी’ मा पेज बनाएर शुरु गरिएको अभियानमा हालसम्म १५ हजार भन्दा धेरैले सहयोग गरिसकेका छन् ।

८ लाख बेलायती पाउण्ड स्टर्लिङ सङ्कलन गर्ने लक्ष्य लिइएको उक्त पेजमा हालसम्म ८ लाख ७० हजार भन्दा धेरै सहयोग सङ्कलन भइसकेको छ । संकलित सहयोगबाट प्राप्त पैसा हाल रुसी आक्रमणको सामना गरिरहेको किभ, लभिभजस्ता युक्रेनी शहरमा काम गर्ने पत्रकारलाई वार्सा, भिल्नस र अरु छिमेकी देशका राजधानी सार्न प्रयोग गरिने यस अभियानका आयोजक एवम् किभ इन्डिपेन्डेन्ट पत्रिकाका प्रमुख आर्थिक अधिकारी याकुब, पारुनिस्कीले बताएका छन् ।

‘हामीलाई अहिले विश्वका लागि देशभरबाट विश्वसनीय र भरपर्दो सूचना चाहिएको छ, ता कि युक्रेन, रुस र बेलारुसका जनताले खासमा के भइरहेको छ थाहा पाउन् ।’ उनले बेलायतबाट प्रकाशित हुने द गार्जियनलाई भने ।

यो अभियानबाट किभ इन्डिपेन्डेन्ट, समाचार पोर्टल जाबोरोना र अरु १२ समाचार संस्थाहरूले यो सहयोगबाट लाभ लिने जनाइएको छ ।

(द गार्जियनबाट)

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ११ : ४१ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी