टीभीमा प्रत्यक्ष समाचार चल्दै गर्दा पछाडिबाट सम्पादक चिच्याइन – ‘युद्ध बन्द गर’ « Khabarhub

टीभीमा प्रत्यक्ष समाचार चल्दै गर्दा पछाडिबाट सम्पादक चिच्याइन – ‘युद्ध बन्द गर’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले रुसले युक्रेनमाथि सैनिक आक्रमण गरिरहेको छ । यससँगै रुसले आन्तरिक रुपमा पनि मिडियामाथिको सेन्सरसिपलाई कठोर पार्दै लगेको छ । रुसी सञ्चारमाध्यममा युक्रेनमा जारी आक्रमणलाई बल पुग्ने र सोही अनुसार जनभावना विकास गर्ने किसिमका सामग्री मात्रै प्रसारण हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू बताउँछन् ।

तर, सोमबार भने रुसको सरकारद्वारा सञ्चालित च्यानल १ टेलिभिजनको समाचार कार्यक्रम प्रसारणको बीचमै एकजना महिलाले युद्धविरोधी नारा लेखिएको प्लेकार्ड प्रस्तुत गरेकी छिन् ।

प्रस्तोताले समाचार वाचन गरिरहेको समयमा टेलिभिजनकै स्क्रिनमा आउने गरी सोही च्यानलमा कार्यरत सम्पादक मारिना ओभ्स्यान्निकोभाले युद्धविरोधी नारा लेखिएको प्लेकार्ड प्रस्तुत गरेकी हुन् ।

उनले लेखेको प्लेकार्डमा ‘युद्ध बन्द गर, प्रोपोगण्डाको विश्वास नगर, उनीहरूले ढाँटिरहेका छन् ।’ लेखिएको थियो । समाचार भन्दा भन्दै उनले चिच्याएर ‘युद्ध बन्द गर, युद्ध बन्द गर’ भनेको सुनिएको जनाइएको छ । लगत्तै टेलिभिजनले उक्त समाचार बीचमै काटेर पूर्व रेकर्डेड कार्यक्रम बजाउन थालेको थियो ।

उनलाई भने प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

(बीबीसीबाट)
 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १२ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै