पुटिनलाई एलन मस्कको चुनौती – ‘सिंगल सिंगल भिड्ने हो ?’ « Khabarhub

पुटिनलाई एलन मस्कको चुनौती – ‘सिंगल सिंगल भिड्ने हो ?’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकै धनाढ्य एवम् स्पेसएक्सटेस्ला कम्पनीका प्रमुख एलन मस्कले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लाएक्लै लड्न प्रस्ताव गरेका छन् । रुसले आक्रमण जारी राखेका बेला युक्रेनका लागि भन्दै रुसी राष्ट्रपतिसँग सिंगल फाइटको प्रस्ताव गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् पुटिनलाई यस्तो चुनौति दिएका हुन् । उनको ट्विटमा लेखिएको छ – ‘म उनलाई सिंगल फाइटका लागि चुनौति दिन्छु। युक्रेनको सवाल छ ।’

पहिलो प्रस्तावको केही समयलगत्तै उनले अर्को ट्विट गरी रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनलाई पनि ट्याग गरेका छन् ।

जुडो र साम्बो मार्शल आर्ट्समा निकै रुचि र दखल राख्ने भनिएका पुटिनलाई मस्कले दिएको चुनौतिका कारण धेरै जना अचम्ममा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मस्कले हालै युक्रेनको समर्थनमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । केही समय अघिमात्रै उनले ट्विट गर्दै ‘बलियो रहनु, युक्रेन’ भन्ने सन्देश जारी गरेका थिए भने जेलेन्स्कीसँग संवाद गरेको उनको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

रुसी आक्रमण यता मस्कले युक्रेनका लागि आफ्नो स्टारलिंक भू उपग्रहमार्फत् इन्टरनेट पनि उपलब्ध गराएका थिए 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १ : २५ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको