पुटिनलाई एलन मस्कको चुनौती – ‘सिंगल सिंगल भिड्ने हो ?’ « Khabarhub

पुटिनलाई एलन मस्कको चुनौती – ‘सिंगल सिंगल भिड्ने हो ?’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकै धनाढ्य एवम् स्पेसएक्स र टेस्ला कम्पनीका प्रमुख एलन मस्कले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लाएक्लै लड्न प्रस्ताव गरेका छन् । रुसले आक्रमण जारी राखेका बेला युक्रेनका लागि भन्दै रुसी राष्ट्रपतिसँग सिंगल फाइटको प्रस्ताव गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् पुटिनलाई यस्तो चुनौति दिएका हुन् । उनको ट्विटमा लेखिएको छ – ‘म उनलाई सिंगल फाइटका लागि चुनौति दिन्छु। युक्रेनको सवाल छ ।’

पहिलो प्रस्तावको केही समयलगत्तै उनले अर्को ट्विट गरी रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनलाई पनि ट्याग गरेका छन् ।

जुडो र साम्बो मार्शल आर्ट्समा निकै रुचि र दखल राख्ने भनिएका पुटिनलाई मस्कले दिएको चुनौतिका कारण धेरै जना अचम्ममा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मस्कले हालै युक्रेनको समर्थनमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । केही समय अघिमात्रै उनले ट्विट गर्दै ‘बलियो रहनु, युक्रेन’ भन्ने सन्देश जारी गरेका थिए भने जेलेन्स्कीसँग संवाद गरेको उनको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

रुसी आक्रमण यता मस्कले युक्रेनका लागि आफ्नो स्टारलिंक भू उपग्रहमार्फत् इन्टरनेट पनि उपलब्ध गराएका थिए 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १ : २५ बजे

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।