पुटिनलाई एलन मस्कको चुनौती – ‘सिंगल सिंगल भिड्ने हो ?’ « Khabarhub

पुटिनलाई एलन मस्कको चुनौती – ‘सिंगल सिंगल भिड्ने हो ?’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकै धनाढ्य एवम् स्पेसएक्सटेस्ला कम्पनीका प्रमुख एलन मस्कले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लाएक्लै लड्न प्रस्ताव गरेका छन् । रुसले आक्रमण जारी राखेका बेला युक्रेनका लागि भन्दै रुसी राष्ट्रपतिसँग सिंगल फाइटको प्रस्ताव गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् पुटिनलाई यस्तो चुनौति दिएका हुन् । उनको ट्विटमा लेखिएको छ – ‘म उनलाई सिंगल फाइटका लागि चुनौति दिन्छु। युक्रेनको सवाल छ ।’

पहिलो प्रस्तावको केही समयलगत्तै उनले अर्को ट्विट गरी रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनलाई पनि ट्याग गरेका छन् ।

जुडो र साम्बो मार्शल आर्ट्समा निकै रुचि र दखल राख्ने भनिएका पुटिनलाई मस्कले दिएको चुनौतिका कारण धेरै जना अचम्ममा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मस्कले हालै युक्रेनको समर्थनमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । केही समय अघिमात्रै उनले ट्विट गर्दै ‘बलियो रहनु, युक्रेन’ भन्ने सन्देश जारी गरेका थिए भने जेलेन्स्कीसँग संवाद गरेको उनको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

रुसी आक्रमण यता मस्कले युक्रेनका लागि आफ्नो स्टारलिंक भू उपग्रहमार्फत् इन्टरनेट पनि उपलब्ध गराएका थिए 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १ : २५ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध