युक्रेनमा तीन बेलायती पूर्वसैनिक मारिएकोबारे अनुसन्धान सुरु « Khabarhub

युक्रेनमा तीन बेलायती पूर्वसैनिक मारिएकोबारे अनुसन्धान सुरु


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणमा युक्रेनमा तीन जना बेलायती पूर्व सैनिक मारिएको समाचारबारे बेलायतको विदेशमन्त्रालयले अनुसन्धान थालेको छ । आइतबार पोल्यान्डको सीमानजिक याभोरिभ सैनिक तालिम केन्द्रमा रुसले हमला गर्दा ३ जना बेलायती पूर्वसैनिक समेत मारिएको हुनसक्ने भन्ने समाचारबारे अनुसन्धान थालिएको बेलायतबाट प्रकाशित हुने इभिनिङ स्ट्यान्डर्ड पत्रिकाले जनाएको छ ।

बेलायती अनुसन्धानकर्ताहरूले यसका लागि युक्रेनी सुरक्षा अधिकारीहरूसँग पनि जानकारी मागिरहेको जनाइएको छ ।

यसअघि बेलायतको डेली मिरर पत्रिकाले मारिएका बेलायतीहरू युक्रेनमा लड्न नभई अरु नै कामका लागि गएको हुनसक्ने जनाएको थियो । यद्यपि उनीहरु के कामले युक्रेन पुगेका थिए वा उनीहरु बेलायती विशेष फौजको कुन शाखामा कार्यरत थिए भन्नेबारे केही खुलाइएको छैन ।

आइतबार रुसले गरेको हमलामा ३५ जना मारिएको युक्रेनी पक्षले जनाएको थियो तर रुसी रक्षामन्त्रालयले भने उक्त आक्रमणमा १८० भन्दा धेरै विदेशी भाडाका लडाकु मारिएको दाबी गरेको थियो ।

(इभिनिङ स्ट्यान्डर्डबाट)

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १ : ४३ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी