कैलालीमा राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने  « Khabarhub

कैलालीमा राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने 


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहले राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

भलिवल  प्रतियोगिताको संयोजन टीकापुर नगर खेलकुद विकास समितिले गरेको छ ।  राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता चैत १४ गतेबाट टीकापुरमा सुरु हुँदै छ ।  

लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा सो समूहले गत वर्षदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । त्यसैको निरन्तरता स्वरुप प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नन्द सिंह विकले जानकारी दिए ।

हामीले यो प्रतियोगिता फागुनमा नै गर्नुपर्ने हो । कोरोनाको सक्रंमणका कारण मिति तय गर्न सकिएन । त्यसपछि अर्को प्रतियोगिता पनि आयोजना भएको कारण समय सार्नुपरेको हो , कार्यक्रम संयोजक विकले भने ।

कार्यक्रम संयोजक विकका अनुसार कैलाली जिल्लामा संस्थागत रुपमा आयोजना भएको भलिबल प्रतियोगिता अहिलेसम्मको यो धेरै धनराशिको हुनेछ  ।

गत वर्ष ५० हजार प्रथम पुरस्कारबाट सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणदेखि प्रथम पुरस्कार बढाएर रु एक लाख ५१ हजार एक बनाएको छ । त्यस्तै प्रतियोगिताको दोस्रो हुनेले रु ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रको प्राप्त गर्ने छन् । खेलमा तेस्रो स्थान हुनेले रु ३५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् भने सान्त्वना टिमले रु १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक विकले बताए ।

प्रतियोगितामा सहभागी हुने टिमले चैत १३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने बताएको  छ । सो खेलकुद प्रतियोगिता आयोजना गर्न रु सात लाख ६० हजारको अनुमानित खर्च आकलन गरेको आयोजकले जानकारी दियो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : ३९ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय