चलचित्र निर्देशक समाजले धरानमा गरेको फिल्म निर्माण कार्यशाला सम्पन्न « Khabarhub

चलचित्र निर्देशक समाजले धरानमा गरेको फिल्म निर्माण कार्यशाला सम्पन्न


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरस महामारीको प्रभाव कम भए लगत्तै चलचित्र निर्देशक समाजले सक्रियता बढाएको छ । मोफसलबाट पनि फिल्ममा दक्ष जनशक्ति तयार गर्ने उदेश्य सहित निर्देशक समाज ‘आधारभूत फिल्म निर्माण कार्यशाला’ गरिरहेको छ । समाजले चलचित्रकर्मी महासंघ प्रदेश १ र चलचित्र विकास बोर्डसँग सहकार्यमा हालै ५ दिने ‘आधारभूत फिल्म निर्माण कार्यशाला’ सम्पन्न गरेको छ ।

धरानको हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न कार्यशालामा लेखन देखि बजारीकरणसम्मका कक्षा सञ्चालन भएको समाजका महासचिव जनकदीप पराजुलीले बताए । उनले केहि समय अगाडी सम्पन्न बाराको निजगढमा गरेको कार्यक्रम बाँकी प्रदेशमा पनि विस्तार गर्ने लक्ष्य अनुरुप धरानमा कार्यशालाको आयोजना गरेको बताए ।

‘बारा निजगढमा गरिएको कार्यक्रमले फिल्मकर्मी बीच अत्यन्त उत्साह सञ्चारित भएको महसुस गर्यौँ । हामीले यस्ता कार्यक्रम मार्फत सिधै फिल्मकर्मी तयार गर्ने भन्दा पनि यो विधामा थप अध्ययनका लागि उत्प्रेरित गर्ने उद्देश्य राखेका छौँ’ महासचिव पराजुलीले भने ।

चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले मोफसलका फिल्म र फिल्मकर्मीको अस्तित्व दरिलो बनाउने अभिप्रायले कार्यशालाको आयोजना गरिएको बताए ।

प्रशिक्षणमा प्रदेश १ का १४ जिल्लाका ५० बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो । प्रशिक्षणमा नीर शाह, युवराज लामा, राजकुमार राई, प्रकाश सायमी, दीपाश्री निरौला, रक्षा सिंह राणा, भोला सापकोटा, जनकदीप पराजुली, पुरुषोत्तम प्रधान, सामीप्यराज तिमल्सेना आदिले विविध विषयमा प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : ५३ बजे

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता